मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

झापा गाउँपालिकाको बजेट ४९ करोड ४३ लाख

देश प्रदेश डेस्क 5361+ समाचार ( )
१० आषाढ २०८१, सोमबार

झापा झापा गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२  का लागि ४९ करोड ४३ लाख ५ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । गत वर्षको तुलना यो आर्थिक वर्षमा ४७ लाख १२ हजार दुईसय रुपैयाँको कम बजेट आएको हो ।

झापा गाउँपालिकाको सभाहलमा भएको १६औं गाउँसभामा कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेकी थिईन् । प्रस्तुत बजेटमा गाउँपालिकाको आयतर्फ संघीय राजश्व बाँडफाँटतर्फ १० करोड ३९ लाख , संघीय सशर्त अनुदान २१ करोड ७३ लाख , संघीय समानीकरण अनुदान ११ करोड ७४ लाख , संघीय समपुरक अनुदान ७६ लाख , प्रदेश समानीकरण अनुदान ७३ लाख ४१ हजार , प्रदेश राजश्व बाँडफाँटमा ४४ लाख ७९ हजार , घरजग्गा रजिष्ट्रेशन दस्तुरमा ५० लाख , प्रदेश सशर्त अनुदान ६२ लाख ८५ हजार , प्रदेश समपूरक अनुदान १ करोड र आन्तरिक आय १ करोड ५० लाख रुपैयाँ गरी ४९ करोड ४३ लाख ५ हजार रुपैयाँ अनुमानित आय हुने बजेटमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले व्ययतर्फ चालु खर्च शिर्षकमा सम्पूर्ण क्रियाकलापहरुका लागि एकमुष्ट रु ६ करोड ६९ लाख रुपैयाँ विनियोजन गर्दै पूँजीगत खर्चमा आर्थिक विकासतर्फ १ करोड ८४ लाख , पूर्वाधार विकासतर्फ १० करोड २८ लाख , वन वातावरण विपद तथा सरसफाईतर्फ २१ लाख , संस्थागत विकास सेवा प्रवाह तथा सुशासनतर्फ ५५ लाख सामाजिक विकासतर्फ ५ करोड ७४ लाख २० हजार , संघीय सशर्त अनुदान २१ करोड ७३ लाख , संघीय समपूरक अनुदान ७६ लाख , प्रदेश सशर्त अनुदान ६२ लाख ८५ हजार गरी जम्मा अनुमानित व्यय रु ४९ करोड ४३ लाख ५ हजार रुपैयाँ हुने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार