मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

बिर्तामोडमा बालविवाह न्यूनिकरण तथा महिला सशक्तिकरण तालिम

देश प्रदेश डेस्क 5194+ समाचार ( )
३ माघ २०८०, बुधवार

झापा बालविवाह न्यूनिकरण तथा महिला सशक्तिकरणका लागि जनचेतासंगै शैक्षिक क्षेत्रको विकासका लागि लाग्नुपर्ने प्रदेश संसाद लक्की गणेशले बताएकी छन् । झापाको बिर्तामोडमा तीन दिवसीय बालविवाह न्यूनिकरण तथा महिला सशक्तिकरण तालिमको उद्घाटन गर्दै प्रदेश संसद गणेशले अशिक्षाका कारण बालविवाह हुने गरेकाले शैक्षिक रुपमा त्यसलाई उजागर गर्दै समाजमा हुने बालविवाह विरुद्ध जनचेतना जगाउनुपर्ने उल्लेख गरिन् ।

महिलाहरु आर्थिक रुपमा बलियो नभएसम्म उनीहरु विभिन्न किसिमको हिंसामा पर्ने भएकाले महिला शसक्तिकरणका लागि आर्थिक समृद्धिका ककामहरुलाई अघि बढाउनुपर्ने धारणा ब्यक्त गरिन् । महिला जनचेता केन्द्रको आयोजनामा शुरुभएको कोशी प्रदेश स्तारीय तालिममा १४ वटै जिल्लाका महिलाहरुको सहभागिता रहेको बताइएको छ ।

महिला जनचेता केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईले बालविवाह रोक्न सबै लाग्नुपर्ने विचार ब्यक्त गरिन् । उनले महिला जनचेता केन्द्रले महिला तथा बालबालिकाको क्षेत्रमा काम गरेको भन्दै प्रशंसा गरिन् ।

कार्यक्रममा मेचीनगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले मेचीनगरमा मुख्य कार्यालय रहेको महिला जनचेता केन्द्रले प्रदेश स्तरीय कार्यक्रम गरेर प्रदेशभर आफ्नो प्रवाभ बढाएको भन्दै खुशी ब्यक्त गरिन् । उनले बालविवाह रोक्न टोल–टोलमा सचेतना कार्यक्रम गर्नुपर्ने भन्दै त्यसका लागि आफ्नाो पालिका हातेमालो गर्न तयार रहेको उल्लेख गरिन् ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले बालविवाह गर्दा हुने दण्ड सजायका विषयमा ग्रामिण स्तरसम्म सचेतना नपुग्दा सानै उमेरमा विवाह गर्नेहरु बढेको उल्लेख गरे । स्थानीय पालिकाहरुले बालविवाह रोक्नका लागि विशेषा योजना बनाएर काम गर्नुपर्ने भन्दै बालविवाह रोक्न बाल क्लब, बाल सञ्जाल तथा महिला जनचेता केन्द जस्ता संघ–संस्थाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

महिला जनचेता केन्दकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत संस्थाकी सचिव भुवन सुब्बाले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुस्मा राजवंशीले गरेकी थिइन् भने तीन दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरण दिलप्रसाद मगरले गर्ने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार