मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

धरानमा अटोरिक्सा दुर्घटना ,एक जनाको मृत्यु

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१० भाद्र २०८२, मङ्गलबार

 धरान उपमहानगरपालिका–१४ विजयपुर चोकमा आज अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् । विजयपुर चोकबाट बुढासुब्बा मन्दिरतर्फ जाँदै गरेको को १ ह ६०१९ नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आइरहेको को ३७ प ७९८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१४ का ३२ वर्षीय सन्दीप मगर गम्भीर घाइते भएका थिए ।

उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

दुर्घटनामा अटोरिक्सा चालक धरान–१४ का ३१ वर्षीय अविनाश तामाङ घाइते भएका छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार