मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

श्रीमतीको हत्या आरोपमा राई पक्राउ

देश प्रदेश डेस्क 5194+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

                                                                                                                साङ्केतिक तस्वीर

झापा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा झापा दमक नगरपालिका- ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक –७ सृजना टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका राईले आफ्नी २८ बर्षिया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ  ।

छिमेकीको घरमा जन्मदिनको भोज खाएर गएराति १ बजेतिर घर आएपछि राई दम्पतीबिच झगडा भएको थियो । झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको इप्रका दमकका डिएसपी मनोजकुमार लामाले बताए ।

कुटपिटबाट मृत्यु भएपछि आज बिहान ७.३० बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीको टोली पुगेर राईलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए । मृतकको अनुहार,टाउकोमा चोट लागेको देखिएको र प्रहरीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको डिएसपी लामाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार