मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

मोटरसाइकल र अटो बिर्तामोडमा ठोक्किँदा युवतीको मृत्यु

देश प्रदेश डेस्क 5487+ समाचार ( )
६ माघ २०८२, सोमबार

झापा । मोटरसाइकल र अटो झापाको बिर्तामोडमा ठोक्किँदा एक युवतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएकाे विवरण अनुसार बिर्तामोडको अधुवा खोला पुलछेउ पूर्वपश्चिम राजमार्गमा लक्ष्मीपुरदेखि मुक्तिचौकतर्फ आउँदै गरेको प्र.१–०२–०४२ प.१९०४ न.को मोटरसाइकलले वानस्टप मलदेखि अधुवा खोलातर्फ जाँदै गरेको मे.१ ह.३७२१ न.को अटोलाई गएराति १०.५० बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक गौरादह वडा न.३ बस्ने बर्ष २४ का निरज कार्की र मोटरसाइकलमा पछाडी सवार दमक बस्ने बर्ष २२ की सुजाता बुढाथोकी घाइते भएका थिए । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी सुजातालाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । उपचारका क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको हो । शव सोही अस्पतालमै रहेको छ ।

दुवै सवारी साधन,अटो चालक अर्जुनधारा वडा न.६ बस्ने बर्ष ३४ का खेमराज खड्का र मोटरसाइकल चालक कार्कीलाई सामान्य उपचारपश्चात् नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोड राखिएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार