मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

स्वर्गीय आलोक भण्डारी र सञ्जीव गिरीको स्मृतिमा दोस्रो चन्द्रगढी फुटबल प्रतियोगिता हुने

देश प्रदेश डेस्क 5194+ समाचार ( )
१० मंगशिर २०८२, मङ्गलबार

झापा झापाको भद्रपुर ८ स्थित मेची रङ्गशालामा स्वर्गीय आलोक भण्डारी र सञ्जीव गिरीको स्मृतिमा दोस्रो चन्द्रगढी फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । यही मङ्सिर ११ देखि २० गते सम्म चन्द्रगढी युवा क्लबको आयोजनाका फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।
 आयोजकले मङ्गबार चन्द्रगढीमा पत्रकार सम्मेलन मार्फत खेल सञ्चालन गरिने जानकारी गराएको थियाे । क्लबका अध्यक्ष रोहित सुब्बाले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए ।

उदघाटन खेलमा वेतना युनाइटेड क्लब मोरङ् र न्यु स्टार क्लब खोपबाडीबिच हुनेछ । खेल सञ्चालनका लागि ओमसाइ पाथिभरा हस्पीटल भद्रपुरले १ लाख रुपैयाँ लगायत खेल प्रेमी ,विभिन्न सङ्घ संस्थाले आर्थिक सहयोग गरेको उनले जनाए ।

प्रतियोगितामा भारतीय सहित आठवटा टिम सहभागि हुनेछन् । फाइनल खेल २० गते सञ्चालन हुनेछ । प्रथम पुरस्कार २ लाख १ हजार र उपविजेताले १ लाख १ हजारसहित ट्रफी पाउने छन् ।

सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ त्यसैगरी उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडीलाइ जनही ५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ द म्याचलाइ २१०० रुपैयासहित ट्रफी प्रदान गरिनेछ । हरेक खेल हेर्न टिकट काटेर सहभागि हुने एकजना दर्शकलाइ एक काटुन चाउचाउ,फुटबल जुराफ र फेस टावेल वितरण गरिनेछ ।
पछिल्लो समय युवा लागूऔषध दुब्र्यसन तर्फ फस्दै गएको र सगै फुटबल खेल्ने साथीहरु एक्कासी स्वर्गीय भएकोले उहाँहरुको सम्झनामा साथै खेलबाट केही खेलाडी उत्पादन गर्ने पनि उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रममा स्वर्गीय परिवारका तर्फबाट इन्दीरा गिरी, इन्टरनेट व्यवसायी रामकुमार सिवाकोटी, राष्टि्य खेलाडी राजिव लोप्चन,मेची वहुमुखी क्याम्पसका भद्रपुरका स्ववियु कोषाध्यक्ष प्रतिक रौनियार,क्लबका व्यवस्थापक सुरज यादव लगायतले खेलका बारेमा विचार राखेका थिए ।

खेल सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार