मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

रुकुम जान भनेर हिंडेका थबाङका कर्मचारी तीन दिनपछि सम्पर्कमा

देश प्रदेश डेस्क 5363+ समाचार ( )
२६ आषाढ २०८२, बिहीबार

झापा / रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी  हिडेकाे तीन दिनपछी सम्पर्कमा आएका छन् । बिहीबार बिहान हराएका कर्मचारी  गुल्मीबाट सम्पर्कमा आएका हुन्।

गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरका अनुसार नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै कर्मचारीको टोली रोल्पाको थबाङबाट हिँडेको थियो । तर, बुधबार बेलुकासम्म पटकपटक सम्पर्क गर्दा पनि फोन स्वीच अफ भएपछि कर्मचारी हराएको सूचना हामीले निकालेका थियाैं ।

सबैतिर हल्लाखल्ला भएपछि बिहीबार बिहान हराएका कर्मचारी टोली सम्पर्कमा आएको थबाङ गाउँपालिका अध्यक्ष बुढामगरले बताए ।उनले भने, "आज बिहान सम्पर्कमा आउनुभयो । उहाँहरु गुल्मीमा हुनुहुँदो रहेछ। किन त्याे ठाँउमा जानुभकाे हाे मलाइ थाहा भएन। आजै जिल्ला सदरमुकाम लिबाङ आएर त्यसपछि थबाङ आउँछौँ भन्नुभएको छ" ।

आर्थिक वर्षको अन्तिममा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहितका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको थियो । ‘प्रमुख प्रशासकीय अधिकृत लगायत आर्थिक प्रशासन प्रमुख, सव-इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना मिति २०८२ असार २४ गते बिहान ७ बजेदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको,’ सूचनामा भनिएको थियो ।

यसरी आर्थिक वर्षको अन्तिममा प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरसहितका कर्मचारीहरू सम्पर्कमा नआएपछि थबाङ गाउँपालिका वडा नम्बर २ का पूर्ववडाध्यक्ष समेत रहेका बसन्त रोकामगरले ठेक्कापट्टामा ‘बार्गेनिङ’ नमिलेपछि कर्मचारीको टोली नै सम्पर्कमा नआएको भन्दै उनीहरुविरुद्ध मुद्दा हाल्ने बताए ।

‘क्लोजिङको समय थियो । राति दुई–तीन बजेसम्म पनि बसेर ठेकेदारलाई भुक्तानी दिइएको भन्ने छ । यही अवस्थामा उहाँहरु बार्गेनिङको लागि भाग्नुभयो भन्ने हामीले बुझेका छौं । अब स्थानीय सबै मिलेर मुद्दा हाल्छौं,’ उनले भने ।

गाउँपालिका राष्ट्रिय महासंघले आर्थिक वर्षको अन्तिम दिन कर्मचारीहरु सम्पर्कविहीन हुनुलाई ‘गम्भिर घटना’ भनेको छ ।

आर्थिक वर्षको अन्तिम दिन जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्नुपर्छ   तर थबाङमा कर्मचारी सम्पर्कविहीन हुनु गम्भिर घटना भएकाे र यसबारे सत्य तथ्य पत्ता लगाउने  महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार