मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

श्रीमतीको मृत्यु भएपछि श्रीमान पक्राउ

देश प्रदेश डेस्क 5476+ समाचार ( )
३२ जेठ २०८२, शनिबार

झापा / मोरङमा स्कुटरमा पछाडि बसेकी श्रीमतीको मृत्यु भएपछि श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको रतुवामाई नगरपालिका–६ कादुपाडामा ५४ वर्षीय भवानीप्रसाद बस्नेतले चलाइरहेको स्कुटर दुर्घटना हुँदा पछाडि सवार उनकी श्रीमती ५६ वर्षीया बिष्णुकुमारी खड्काको मृत्यु भएको हो। आमबारी–उर्लाबारी सडकखण्डअन्तर्गत कादुपाडाबाट रंगेलीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४९ प ७५५४ नम्बरको स्कुटरको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। बिष्णुकुमारी घाइते भई उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो ।

टाउकोमा चोट लागेर गंभीर अबस्थामा पुगेकी मिर्गौला रोगी बिष्णुकुमारीको उपचार हुन नसक्ने भन्ने चिकित्सकको सल्लाह अनुसार अस्पतालबाट घरमा ल्याएकोमा बिहान ५ बजे मृत्यु भएको हो ।

विष्णुकुमारीको मृत्युपछि श्रीमान भवानीप्रसादलाई इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएको हो । रंगेली अस्पताल रंगेलीमा शवको पोस्टमार्टम गरी छोरा बिक्रम बस्नेतले शव बुझी लगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार