मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

शाकाहारी खाद्य परिकार सहितको हिमालय फुडल्याण्ड चन्द्रगढीमा

देश प्रदेश डेस्क 5364+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

झापा बडा दशैंको अवसर पारेर भद्रपुर ७ चन्द्रगढीमा शाकाहारी खाद्य परिकार सहितको हिमालय फुडल्याण्ड सञ्चालनमा आएको छ । झापा सदरमुकाम समेत रहेको चन्द्रगढीमा पहिलो पटक फरक शैली र स्वाद लिएर सञ्चालनमा आएको फुडल्याण्डले जन्मोत्सव प्याकेजलाई विशेष प्राथमिकतामा राखेको छ । २५ लाख लगानीमा भद्रपुर ९ निवासी दीक्षा खनाल खतिवडाले सञ्चालनमा ल्याएको फुडल्याण्डमा जन्म दिन मनाउन आउने व्यक्तिका लागि रू.१९९९मा केक, पिज्जा, वर्गर, बबल टी, फ्रन्ज फ्राइ, पकौडा, मम, चाउमिन, एक बोतल कोक र पानी सहितको प्याकेज राखिएको छ । केक लिन नचाहनेका ग्राहकका लागि रू.१४९९ मा अन्य परिकार सहित जन्मोत्सव मनाउन पाउने गरी प्याकेज निर्धारण गरिएको सञ्चालक खतिवडाको भनाइ छ । उनका अनुसार झापा सदरमुकाम चन्द्रगढी क्षेत्रमा शाकाहारी खाद्य परिकार मात्र उत्पादान गरेर सेवा दिने फुडल्याण्ड नरहेकै कारण सुविधा सम्पन्न ३ वटा एसी सहितका क्याविन तथा दुई वटा समान्य क्वाविनबाट सेवा प्रवाह गरिने छ । कफी तथा पिज्जाका लागि अन्यत्रभन्दा फरक र उत्कृष्ट स्वाद सहित सेवा दिने जनाउँदै सञ्चालक खतिवडाले शुद्ध शाकाहारी खानाका लागि प्रमुख गन्तव्य स्थल बनाउने उद्देश्य रहेको जनाउँदै होमडेलीभरीको पनि व्यवस्था रहेकाे उनले जानकारी दिइन् । कफी पिउनका लागि लाइबेरीकाे समेत व्यवस्था गरिएकाे उनले जानकारी दिइन् ।

झापामा नै नपाइने नान राेटी केही दिनपछि पाइने उनले बताइन् । हाल आठजना कर्मचारीबाट सेवा दिदैँ आएकाेमा केही हप्तापछि सङ्ख्या थप गरिने उनकाे भनाइ छ । विहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुला रहने उनकाे भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार