मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

सिमेन्टको मूल्य बृद्धि बिराेधमा बुद्धशान्तिका २२५ वटा हार्डवेयर पसल बन्द

देश प्रदेश डेस्क 5479+ समाचार ( )
२२ पौष २०८१, सोमबार

झापा झापा बुद्धशान्ति गाउँपालिकाका हार्डवेयर ब्यवसायीहरुले आज पसल बन्द गरेका छन् । देशभरका सिमेन्ट उद्योगहरुले सिमेन्टको मूल्यमा असामान्य बृद्धि गरेको भन्दै उनीहरूले पसल बन्द गरेका हुन् ।

सिमेन्ट उद्योगहरुले विगत एक महिनायता सिमेन्टको मूल्यमा प्रतिबोरा ३७५ रुपैयाँसम्म बृद्धि गरेको र यसबाट आम उपभोक्ता तथा ब्यवसायीबिचको सम्बन्धमा नकारात्मक असर परेको भन्दै सिमेन्ट उद्योगहरुलाई मूल्य घटाउनका लागि दबाब दिने उद्देश्यले बुद्धशान्तिका हार्डवेयर ब्यवसायीहरुले आज सम्पूर्ण पसल बन्द गरेका हुन् ।

त्यस्तै मेची राजमार्ग हुँदै सिमेन्ट ढुवानी गर्ने सवारीसाधनहरुलाई कम्तीमा एक घण्टा होल्ड गर्ने दबाबमुलक कार्यक्रमसमेत गरेका छन् । आज बिहान बुद्धशान्ति – १ पुलचोकमा बुद्धशान्ति हार्डवेयर ब्यवसायी संघका अध्यक्ष शिवलाल कोईरालाको नेतृत्वमा करिब २०÷२५ जना हार्डवेयर ब्यवसायीहरु भेला भई सिमेन्ट बोकेका मालबाहक सवारीसाधन चेकजाँच गरेका थिए ।

बुद्धशान्ति गाउँपालिकामा करिब २२५ वटा हार्डवेयर पसल रहेका छन् । हार्डवेयर बन्द गर्ने विषयमा बुद्धशान्ति गाउँपालिका र उद्योग वाणिज्य संघ बुधवारेलाई जानकारी गराएको वाणिज्य संघका अध्यक्ष दीपक सापकोटाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार