मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

सामुदायिकका शिक्षकले अन्यत्र काम गर्दा अनिवार्य अनुमति नलिए कारबाही

देश प्रदेश डेस्क 5485+ समाचार ( )
२३ पौष २०८०, सोमबार

झापा धरान उपमहानगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले आफू बहाल रहेको विद्यालयभन्दा बाहिर काम गर्दा अनिवार्य अनुमति  लिनुपर्ने भएको छ ।आइतबार धरान उपमहानगरले सूचना जारी गरी अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको हो । उपमहानगरका शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग परिपत्रअनुसार शिक्षकलाई आफू बहाल रहेको विद्यालयभन्दा बाहिर काम गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान तोकेको छ । उनले भने, ‘अख्तियारबाट आएको परिपत्रलाई सामुदायिक विद्यालयलाई परिपत्र गरिएको छ ।’

उनले अख्तियार अनुसन्धान आयोगको छानबिनमा धरानका धेरै विद्यालयमा कार्यरत शिक्षक अन्य विद्यालयमा अतिरिक्त कक्षा लिने देखिएको पत्रमा उल्लेख भएको बताए । अख्तियारको पत्रमा स्वीकृति नलिई कक्षा लिएको देखिएकाले स्वीकृति लिनुपर्ने नीतिगत प्रावधान कार्यान्वयन गर्न स्थानीय तहलाई पत्रचार गरेको प्रमुख खतिवडाले बताए ।

शिक्षा नियमावली २०५९ को नवौ संशोधन २०७७ को परिच्छेद २२ मा शिक्षक तथा विद्यार्थीको आचार–संहिता उल्लेख छ । नियमावलीको नियम १३३ उपनियम १ को (ज) मा सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र जिल्ला शिक्षा अधिकारीको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्न नहुने व्यवस्था छ । शिक्षा महाशाखा प्रमुख खतिवडाले भने, ‘हाल शिक्षा अधिकारी नहुने भएकाले विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्वीकृति लिनुपर्छ ।’ स्वीकृति नलिएमा आचार–संहिता पालना नगरेकोमा कारबाही हुने पनि उनले स्पष्ट पारे । सूचनामा शिक्षकहरूले अन्यत्र कक्षा लिँदा वा अन्य पेसागत कार्यमा सरिक हुँदा सम्बन्धित स्थानीय तहबाट नियमानुसार अनुमति लिनुपर्ने अख्तियारबाट पत्र आएको उल्लेख छ ।

‘कार्यरत विद्यालयबाहेक अन्य शैक्षिक संस्थामा शिक्षण वा पेसागत कार्यमा सरिक हुँदा अनिवार्य उपमहानगरबाट अनुमति लिनुहुन अनुरोध छ । अन्यथा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ’–उपमहानगरको सूचनामा भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार