मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

बिर्तामोडमा ट्रिफरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु, स्थानीय आक्रोशित

देश प्रदेश डेस्क 5476+ समाचार ( )
११ आषाढ २०८३, बिहीबार

झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक १० वर्षीया बालिकाको मृत्यु भएको छ।

मंगलबार साँझ करिब ७ बजे रामचोकबाट भद्रपुरतर्फ आउँदै गरेको मे १ क ६४३ नम्बरको मिक्स गिट्टी बोकेको ट्रिफरले पैदलयात्री अनुकृति चापागाईलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई तत्काल बिर्तासिटी अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतक अनुकृति बिर्तामोड–३ निवासी किशोर चापागाईकी छोरी हुन्। उनको शव हाल बिर्तासिटी अस्पतालको शवगृहमा राखिएको छ।

दुर्घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन्। घटनास्थलमा करिब ४ सय जनाभन्दा बढीको भीड जम्मा भएको थियो भने बिर्ताबजारस्थित प्रहरी चौकीमा समेत करिब १५० जनाले घेराउ गरेका थिए।

प्रहरीले ट्रिफर चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी ५३ वर्षीय श्यामप्रसाद दाहाललाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ। घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने दुर्घटनामा संलग्न ट्रिफरलाई समेत प्रहरी नियन्त्रणमा ल्याउने प्रक्रिया जारी रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार