मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

गर्भवती बुहारीलाई सासुले उपचार नगरेका कारण मृत्यु भएकाे भन्दै प्रहरीमा उजुरी

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१२ आषाढ २०८२, बिहीबार

झापा /  झापा बिर्तामोड घर भएकी एक महिलालाई सासुले उपचार नगराई घरबाट निकाल्दा मृत्यु भएको भन्दै माइती पक्षले कार्वाहीको मागसहित उजुरी दिएका छन् ।

घरबाट निकालिएकी बितामोड नगरपालिका–३ बस्ने सुमित बि.क.की श्रीमती २४ वर्षीया सरिता बि.क.को आज माइती घर सुनसरीको रामधुनी नगरपालिका–७ कुमारखतमा मृत्यु भएको हो ।

सरितालाई उनको सासु राधिका गजमेरले तीन दिनअघि घरबाट निकाली माइत पुर्याएर आएकी थिइन् । सरिता रिङ्गटा लाग्ने ,टाउको दुख्ने बिरामी भई उपचारको लागि उनको सासु राधिकाले विर्तासिटी अस्पताल बिर्तामोडमा लगेर चेकजाँच गराउँदा अबैध सम्बन्धबाट डेढ महिनाको गर्भवती देखिएको थियो ।

त्यसपछि सासुले उनलाई घरबाट निकालेर माइत पुर्याएकी थिइन् । सरिताका श्रीमान् विगत दुई बर्षदेखि दुबईमा रहेका छन् । सरिताको मृत्युपछि माइती पक्षले अनुसन्धान र कार्वाहीको माग गर्दै उजुरी दिएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । उनले कानुनी प्रकृया पुरा गरी मृतकको शवलाई पोस्टमार्टमको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी दिएका छन् ।

सरिताको मृत्यु हुनु एक दिनअगावै माइती पक्षले हिजो इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका थिए । माइती पक्षले हिजो ठाडो निवेदन दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिए । मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि कानुनी कार्वाही अघि बढाइने उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार