मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

लागूऔषध र देह व्यापारमा संलग्न भएको आरोपमा बिर्तामोडमा १७ जना पक्राउ

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१५ अशोज २०८०, सोमबार

झापा लागूऔषध र देह व्यापारमा संलग्न भएको आरोपमा बिर्तामोडमा बालक र किशोरकिशोरी गरी १७ जनालाई स्थानीयबासीले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।

लागूऔषध सेवन गरेर रातदिन होहल्ला गर्ने, सार्वजनिक स्थलमा अश्लिल गतिविधि गर्ने गरेपछि समाज सुधार अभियानअन्तर्गत बिर्तामोड–५ सुगमटोल गणपति मार्गका टोलवासीहरुले लागूऔषध प्रयोगकर्ता, देह व्यापारमा संलग्नहरूलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको स्थानीय विपिन बजगाईँले बताए ।

आज बिहान ७ बजे टोलका सचेत नागरिक, जनप्रतिनिधि र प्रहरीको सहयोगमा स्थानीयहरूले सुगम पेट्रोल पम्प पूर्वको खाली ठाउँ र बसपार्क दक्षिणको खाली ठाउँको झाडीबाट उनीहरूलाई पक्राउ गरेका थिए ।
बिर्तामोड नगरक्षेत्र लागूऔषधको रेडजोन नै भएको प्रहरीको तथ्यांकले देखाएको छ । बिर्तामोड नगरलाई लागूऔषध दुर्व्यसनीमुक्त समाज बनाउने नारा स्थानीय सरकार र प्रहरीले हरेक वर्ष बनाउने गरेपनि कार्यान्वयन पक्ष प्रभावकारी बन्न नसक्दा दिन प्रतिदिन लागूऔषध सेवनकर्ता र देह व्यापार गर्ने गराउनेहरुको संख्या बिर्तामोडमा बढेको स्थानीय लिला खड्काले बताइन् ।

बिर्तामोड ५ लागूऔषध र देह व्यापारको केन्द्रविन्दु नै बनेको देखिएको छ । नेपालको पहाडी जिल्ला, पश्चिम जुम्ला घर बताउनेहरु यार्चागुम्बा बेच्ने व्यक्ति बनेर लागूपदार्थ कारोबारमा सक्रिय बन्दै आएको सूचना पाएको र त्यस्ता कानुनविपरित कार्य गर्नेहरूलाई बिर्तामोडबाट विस्थापित गराई सभ्य र शान्त बिर्तामोड बनाउन नागरिक समाज अग्रसर भएको बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईले बताए ।स्थानीय सरकारको तर्फबाट बिर्तामोडलाई लागूऔषध मुक्त बनाउन विभिन्न सचेतना कार्यक्रमहरू आयोजना गर्ने वडाध्यक्ष प्रसाईले जानकारी दिए ।

पक्राउ परेकाहरूमध्ये चारजनालाई अभिभावकको जिम्मा लगाइएको छ भने बाँकी १३ जनालाई बिर्तामोड ५ स्थित क्षितिज महिला सुधार गृहमा राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार