मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

मुख्यमन्त्री थापाको विश्वासको मत अन्योलमा

देश प्रदेश डेस्क 5487+ समाचार ( )
४ भाद्र २०८०, सोमबार

झापा । सभामुखको जिम्मेवारीमा समेत रहेकी उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै काठमाडौं गएपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रदेशसभाको बैठक सोमबार अन्योलमा परेको छ ।मुख्यमन्त्री थापाले शुक्रबार विश्वासको मत लिने सूचना दिएपछि उपसभामुख दनुवारले सोमबार दिउँसो १ बजे छलफलका लागि प्रदेशसभामा पेस गर्न समय तोकेर बिरामीको बहाना बनाइ अनुपस्थित भएको गठबन्धन दलको आरोप छ ।
उपसभामुख दनुवारले आफैंले सोमबार बिहान बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक अध्यक्षता गर्ने व्यक्तिको अभावमा बस्न नसकेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए । उनले उपस्थित कार्य व्यवस्था समिति सदस्यहरूको बैठकले कानुनी परामर्श गरेर कसको अध्यक्षतामा बस्ने सल्लाह गरेर अपराह्न  पुनः बैठक बस्ने निर्णय भएको उनले बताए ।

उपसभामुख दनुवारले सभामुख र उपसभामुख अनुपस्थित भएको अवस्थामा अध्यक्ष मण्डलका सदस्य कांग्रेसका इस्राइल मन्सुरीलाई अध्यक्षता गर्नु भनेर प्रदेशसभा सचिवालयमा सूचना दिएर काठमाडौं गएकी हुन् । उपसभामुख दनुवारले आफैंले अध्यक्ष मण्डलका एमालेकी मालती सुब्बा लिम्बू र राप्रपाका अमरबहादुर विष्टसँगै एमालेका ५ जना ज्येष्ठ सदस्यलाई अनुपस्थितको सूचनामा तोक लगाएर आफू पनि अनुपस्थित भएकी हुन् । तर उपसभामुखलाई अध्यक्षता गर्ने व्यक्ति तोक्ने कानुनी अधिकार नभएको सत्तारूढ गठबन्धन कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बताए ।

प्रदेशसभा बैठक कसरी बस्ने वा नबस्नेलगायतका विषयमा कार्य व्यवस्था समितिको अब बस्ने बैठकले निर्णय गर्ने उनले बताए । तर अध्यक्षता गर्ने व्यक्तिको विवादले प्रदेशसभा बैठक अन्योल भएको गठबन्धन दलका सांसदको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै