मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद

सुशान्त नेपाल 1+ समाचार ( )
१२ वैशाख २०८३, शनिबार

झापा / बिर्तामोड नगरपालिका वडा नं. ३ आदर्श टोलमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कलबलगुडी भद्रपुरको जग्गामा काटिएको सय क्युफिट गोलिया काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालय झापा र सव डिभिजन कार्यालय सुरुङ्गाको संयुक्त टोलीले लुकिछिपी काटिएको ३८ वटा कदम जातका गोलिया आज बरामद गरेको हो । सरकारी जग्गामा रहेको रुख काट्दै गरेको भनेर बिर्तामोड नगरपालिकाले डिभिजन वन कार्यालयलाई जानकारी गराएको थियो ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कलबलगुडी भद्रपुरको नाममा रहेको ४ विघा जग्गा कल्पना पाठकको परिवारले कमाउँदै आएका छन् । सो जग्गाको छेउमा बग्ने अधुवा खोलाको बगरमा लगभग तीन कठ्ठा जग्गामा लगाइएको कदमको रुख काटिएको हो ।

करिव सयवटा रुख रहेकोमा ७ वटा काट्दै गर्दा वन रक्षकको टोली आइपुगेको थियो । रुख काट्ने र काट्न लगाउनेहरु फरार भएका छन् । त्यस सम्बन्धमा सव डिभिजन कार्यालय सुरुङ्गाका सहायक वन अधिकृत स्वस्तिक नन्दन सुवेदीको संयोजकत्वमा छानविन समिति गठन गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार