मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

बिर्तामोड नगरका विद्दालय ३७ दिन बिदा,केही संस्थागतले निर्णय नमान्ने

देश प्रदेश डेस्क 5197+ समाचार ( )
१ कार्तिक २०८१, बिहीबार

झापा   झापाको बिर्तामोड नगरपालिकाले नगरभित्रका विद्दालयलाइ एक महिनाभन्दा बढी लामो दशै विदा दिएको छ ।

असोज १७ गते घटस्थापनाका दिनदेखि छठ पर्व सकिएको दुई दिनपछि कात्तिक २५ गते विद्यालय लगाउने गरी नगरपालिकाले ३७ दिन लामो विदा दिएको हो । जसबाट विद्यार्थीहरुको पढाई बिग्रिने भएको छ भने शिक्षकहरुले सबै चाडबाड आनन्दले मनाउन पाउने भएका छन् । हिउँदे र बर्खे विदा कट्टा गरेर एक महिने दशै विदा दिइएको बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए । उनले प्याव्सन , एन प्याव्सन, शिक्षक महासंघलगायतका संघ संगठनको सल्लाह अनुसार नै सो विदा पारित गरिएको जानकारी दिए । लामो समयसम्मको विदा दिँदा पढाई बिग्रिने भएकाले नचाहदा नचाहदै विदा दिनु परेको नगरपालिकाका एक अधिकृतले बताए ।

विद्यालयहरुले आ–आफ्नो शैक्षिक क्यालेन्डरमा एक महिने विदा उल्लेख गरेका थिएनन् । शैक्षिक क्यालेन्डरमा उल्लेख नगरिएको विदा दिन नमिल्ने भन्दै बिर्तामोडका केही संस्थागत विद्यालयहरुले नगरपालिकाको त्यस निर्णयलाई नमान्ने भएका छन् । बिर्तामोडका लिटल फ्लावर्स , बाल्मीकि ,तक्षशीला, कंचनजंघा , कंचनलगायतका संस्थागत विद्यालयहरुले दशैपछि पठनपाठन शुरु गरेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार