मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

अमेरिका र इरानबीच दुई हप्ताका लागि युद्धविराममा सहमत

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२५ चैत्र २०८२, बुधवार

झापा / पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरान दुई हप्ताका लागि युद्धविराममा सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको नेतृत्वसँग भएको वार्तापछि इरानले होर्मुज जलघाँटीबाट जहाजहरूको आवागमन अनुमति दिन सहमति जनाएको बताएपछि युद्धविराम लागू भएको अन्तर्राष्ट्रिय समाचारहरूले पुष्टि गरेका छन्।

ट्रम्पका अनुसार उनले इरानमाथि हुने बमबारी र आक्रमण दुई हप्ताका लागि रोक्न सहमति जनाएका छन्। उनले दुवै पक्ष युद्धविरामका लागि तयार भएको बताएका छन्। यसअघि इरानमाथि “विनाशकारी आक्रमण” गर्ने ट्रम्पको समयसीमा नेपाली समयअनुसार बुधबार बिहान ५:४५ बजे सकिँदै थियो।
उक्त समयसीमा सकिनु करिब १० मिनेटअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले युद्धविराम तत्काल प्रभावबाट लागू भएको घोषणा गरेका थिए। यससँगै सम्भावित ठूलो सैन्य आक्रमण टरेको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि युद्धविराम सम्झौताको पुष्टि गरेको छ। मेहर समाचार एजेन्सीमार्फत जारी वक्तव्यमा उक्त सम्झौता पाकिस्तानको मध्यस्थतामा भएको र इरानका नयाँ सर्वोच्च नेतृत्व मोज्तबा खामेनीको स्वीकृतिमा सम्पन्न भएको उल्लेख गरिएको छ।
वक्तव्यमा यो सम्झौता “इरानका लागि विजय” भएको दाबी गरिएको छ। साथै स्थायी समाधानका लागि आगामी वार्ता पाकिस्तानको इस्लामाबादमा गर्ने तयारी रहेको जनाइएको छ।
दुवै देशबीच बढ्दो तनावका बीच भएको यो युद्धविरामलाई अन्तर्राष्ट्रिय रूपमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। आगामी दुई हप्ताभित्र हुने वार्ताले दीर्घकालीन शान्ति स्थापना हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार