मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

छोरालाई चरम यातना दिँदै भिडियो सार्वजनिक गर्ने बाबु पक्राउ

देश प्रदेश डेस्क 5361+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

झापा छोरालाई चरम यातना दिएर घाइते बनाएको आरोपमा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ ओखलढुङ्गाका ४३ वर्षीय फुरिञ्जी शेर्पा पक्राउ परेका छन् ।   शेर्पाले आफ्नै ४ र ६ वर्षीय छोरालाई चरम यातना दिने गरेको खुलेको हो । गाउँदेखि एकान्तमा शेर्पाको घर छ । शेर्पाले लामो समयदेखि छोरालाई यातना दिने गरेको रहस्य सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमार्फत बाहिरिएको हो।

शेर्पाले आफ्नै ६ वर्षीय छोरालाई कुटपिट गर्नुका साथै खड्कुलोमा हाली पानीसँगै उमाल्ने, डोरीले बाँधेर उल्टो मुन्टो पारेर झुण्ड्याउने गरेको भिडियो सार्वजनिक भएको छ । शेर्पा छोरालाई चरम यातना दिने र आफैंले भिडियो बनाएर सामाजिक सञ्जालमार्फत श्रीमतीलाई पठाउने गरेका थिए । शेर्पाकी श्रीमती भने रोजगारीका लागि साइप्रसमा छिन् ।

नेपालमा हुँदा आफूलाई पनि कुटपिट र यातना दिने गरेको शेर्पाकी श्रीमती छोटी शेर्पा बताउछिन् । आफूलाई रिस देखाउन छोरालाई यातना दिएर भिडियो खिँचेर पठाउने गरेको र मानसिक तनाव दिने गरेको साइप्रसबाट शेर्पाले बताइन् ।

यस्तै, शेर्पाका चार सन्तानमध्ये एक जना बेपत्ता छन् । उनी बेपत्ता भएको करिब नौ वर्ष भएको स्थानीयको भनाइ छ ।

खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष ङवाङफुरी शेर्पाले आफ्ना छोरालाई धेरै यातना दिने गरेको पुष्टि गरिन् । वडाको समन्वयमा शेर्पालाई प्रहरीको जिम्मा लगाइएको र छोराहरुको उद्धार गरेर स्वास्थ्य परीक्षण गराइएको उनले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार घटनाको विषयमा थप अनुसन्धान गर्नका लागि पक्राउ परेका शेर्पालाई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम लगिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार