मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

बिर्तामोड नगरपालिकाद्वारा सिलाई मेसिन वितरण

देश प्रदेश डेस्क 5485+ समाचार ( )
३१ आषाढ २०८१, सोमबार

झापा   गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत झापाको बिर्तामोड नगरपालिकाले सिलाई मेसिन वितरण गरेको छ ।

नगरपालिकाले ८ जना उद्यमशिल महिलालाई सिलाई मेसिन र २ वटा समूहलाई ईलेक्ट्रोनिक मेसिन वितरण गरेकाे हाे ।

इलेक्ट्रोनिक मेसिन प्राप्त गर्ने बिर्तामोड २ को लालीगुराँस लघुउद्यमी समूह र सृजनशिल लघुउद्यमी समूह रहेको उद्यम विकास शाखा प्रमुख चनिमाया तामाङले जानकारी दिए । तामाङका अनुसार सिलाई मेसिन प्राप्त गर्ने वडा नम्बर ७ का ५ जना, ४ का १ जना, १ को १ जना र ३ को १ जना महिला रहेका छन् ।

  स्वरोजगार बन्नका लागि नगरले प्रदान गरेको मेसिन सदुपयोग गर्न नगर प्रमुख पवित्रा महतारा प्रसाईले आग्रह गरिन् ।  यसअघि बाँढिएका विभिन्न प्रकारका प्रविधिको उपयोग भइरहेको छ कि छैन भन्नेकुराको अनुगमन गर्ने पनि उनले बताइन् ।

आर्थिक विकास समिति संयोजक संगिता शिवाको अध्यक्षतामा आयोजित प्रविधि हस्तान्तरण कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, कार्यपालिका सदस्य तिला गौतम, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, न्युटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईं लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार