मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग

भेषराज नेपाल 149+ समाचार ( )
१४ भाद्र २०८३, आइतबार

झापा / प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा आइतबार दिउँसोसम्म जम्मा भएको रकमको विवरण सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कोषमा स्वदेश तथा विदेशबाट प्राप्त आर्थिक सहयोगको विवरण सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री शाहका अनुसार ९ वटा वाणिज्य बैंकका खातामा गरी कुल ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको उनले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष तथा प्रधानमन्त्री कोषमार्फत विपद् प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुटाइरहेको बताएका छन्। पछिल्लो समय रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धार, खोज तथा राहतका लागि एकद्वार प्रणालीमार्फत सहयोग परिचालन गरिरहेको छ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी कोषमा स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गरिरहेको बताएका छन्। यसले राहतका लागि प्राप्त रकम कहाँबाट कति आयो भन्ने विषयमा सार्वजनिक जानकारी उपलब्ध गराउने उद्देश्य राखेको छ।

प्रधानमन्त्री शाहले संकलित रकमलाई प्रभावित क्षेत्रमा कसरी प्रभावकारी रूपमा खर्च गर्ने भन्ने विषयमा छलफल भइरहेको पनि बताएका छन्। उनका अनुसार अहिलेको प्राथमिकता विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा संकलित स्रोतको प्रभावकारी परिचालन गर्नु हो।

यसैबीच, भोटेकोशी बाढीपछि रसुवासहित विभिन्न जिल्लामा खोजी तथा उद्धार अभियान जारी छ। आइतबार दिउँसो १ बजेसम्मको अद्यावधिक विवरणअनुसार ७८८ शव फेला परेको, ८ हजार ७३० जनाको उद्धार गरिएको र २ हजार ५०२ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।

विपद्को भयावह अवस्थाबीच राहत कोषमा जम्मा भएको ठूलो रकमलाई प्रभावित परिवारसम्म शीघ्र, पारदर्शी र प्रभावकारी ढंगले पुर्‍याउने चुनौती सरकारसामु छ। सरकारले संकलित रकमको विवरण सार्वजनिक गरेसँगै अब यसको खर्च तथा राहत वितरणको विवरण पनि नियमित रूपमा सार्वजनिक गर्नुपर्ने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार