मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |
मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |


अभिभावकविहिन २१ जनाकाे अभिभावक बन्याे राेङ गाउँपालिका

Desh Pradesh News 1+ समाचार ( )
१२ मंगशिर २०८२, बिहीबार

झापा / बाल्यकालमै आफ्ना अभिभावक गुमाएका २१ जनाले राेङ गाउँपालिकालाई अभिभावककाे रुपमा पाएका छन् ।

अध्यक्षसँग विद्यार्थी कार्यक्रम नाम दिइएको यो कार्यक्रम सञ्चालन गर्न पालिकाले ‘उद्यमशीलतामा आधारित अध्यक्षसँग विद्यार्थी कार्यक्रम सञ्चालन कार्यविधि २०८० अनुसार पालिका भित्र अभिभावकविहिन भएर अरुकाे आश्रयमा बसेका उनीहरुले पालिकालाई आफ्नाे अभिभावकका रुपमा पाएका हुन् ।

पालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बिहिबार आयाेजित एक कार्यक्रममा अबदेखि पालिकाभित्र रहेका अभिभावकविहीन बालबालिकाका लागि पालिका साथमा उभिनेछ। उनीहरूको लालनपालनदेखि शिक्षादिक्षासम्म्मको सम्पूर्ण ग्यारेन्टी गाउँपालिकाले गर्ने बताए ।

पालिकाले पहिलो चरणमा पालिकाभित्र रहेका अभिभावकविहीन २१ जना बालबालिकाका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा, १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरिदिएको छ। त्यसैगरी ती २१ जनै बालबालिकाको बैंक खाता खोलिदिएर एकमुष्ठ ३०–३० हजार रुपैयाँ पनि जम्मा गरिदिएको छ।

‘२१ जना बालबालिकाको खातामा गाउँपालिकाले १०–१० हजार रुपैयाँ र सिद्धिखोला हाइड्रोपावर कम्पनीले २०–२० हजार जम्मा गरिदिएका छौं,’ अध्यक्ष स्याङ्बोले भने ‘अहिलेको रकममा पालिकाले क्रमशः थपिदिँदै जानेछ। उनीहरूले कक्षा १२ सकेपछि यो रकम निकाल्नेछन्।’ 

रोङ गाउँपालिकाको सिद्धि खोलामा विद्युत उत्पादन गरिरहेको हाइड्रोले पालिकाको आग्रहमा बालबालिकालाई एकमुष्ठ सहयोग उपलब्ध गराएको हो। 

अध्यक्ष स्याङबोका अनुसार पालिकाकै पहलमा उनीहरू सबैको डिम्याट खाता खोलिनेछ र उनीहरूले विभिन्न कम्पनीको आइपिओ भर्नेछन्।

‘कक्षा १२ सम्म उनीहरूको शिक्षादिक्षाको सबै खर्च पालिकाले ब्यहोर्नेछ,’ उनले भने, ‘१२ सकेर निस्कँदा उनीहरूका लागि उच्च शिक्षा पढ्नलाई अहिलेको यो रकम र सेयरमा गरिने लगानीले सहयोग पुग्ने आशा छ।’ 

पालिकाका अनुसार ती २१ जना बालबालिका अहिले आफन्त र छिमेकीको आश्रयमा छन्।

उनीहरूलाई बासको प्रबन्ध गर्न पालिकाले होस्टल बनाउने भएको छ।

‘यदि उनीहरू इच्छुक भए होस्टलमै बस्नेछन्। यदि अहिले बसिरहेकै ठाउँमा बसे भने पनि पालिकाले उनीहरूको लालनपालनमा कुनै कमी गर्नेछैन। बाआमा वा अभिभावक नभएका बालबालिकाका लागि स्थानीय सरकार अभिभावक बनेर उभिनेछ।’ 

पालिकाको यस्तो कदमले आफूहरूलाई आत्मविश्वास जागेर खुसी लागेको बालबालिकाहरूको भनाइ छ।

बिहीबार पालिकाले उनीहरूलाई शैक्षिक सामग्री , खाने लगाउने सामग्री समेत हस्तान्तरण गरेको छ। 

अध्यक्षसँग विद्यार्थी कार्यक्रम नाम दिइएको यो कार्यक्रम सञ्चालन गर्न पालिकाले ‘उद्यमशीलतामा आधारित अध्यक्षसँग विद्यार्थी कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ पास गरी लागू गरेको छ। 

यसअघि स्थानीय किसानबाट साग किनेर गुन्द्रुक ब्राण्डिङ गरेको रोङ गाउँपालिकाले  विद्यार्थी बचत कार्यक्रम २ वर्षदेखि सञ्चालन गरिरहेको छ।  

विद्यार्थी उद्यमशीलता कार्यक्रम र  विद्यार्थी प्रोत्साहन कार्यक्रम पनि लगत्तै घोषणाको तयारी रहेको पालिकाको भनाइ छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार