मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

आजबाट मालवाहक सवारी साधन नचलाउने निर्णय

देश प्रदेश डेस्क 5479+ समाचार ( )
५ मंगशिर २०८०, मङ्गलबार

झापा ट्रक चालकहरूको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबारदेखि कुनै पनि मालवाहक सवारी साधन नचलाउने निर्णय गरेको छ ।  संगठनले सोमबार एक कार्यक्रमको आयोजना गरी राजमार्गमा भारतीय गाडी हावी हुँदा नेपाली ट्रक मजदुर समस्यामा परेको भन्दै मंगलबार (मङ्सिर ५ गते) देखि मालवाहक सवारी साधन नचलाउने निर्णय गरेको हो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष नवराज कार्कीले ट्राफिक प्रहरीले राजमार्गमा भारतीय गाडीलाई निर्बाध रूपमा गुड्न दिने तर नेपाली मालवाहक गाडीहरूलाई ठाउँ ठाउँमा रोकेर अनावश्यक चेकजाँच गर्ने, दुंःख दिने गरेको आरोप लगाए । ट्रक यातायात मजदुरहरूले वीरगन्ज महानगर, परवानीपुर गाउँपालिका, जीतपुर सिमरा उपमहानगर लगायतका स्थानीय तहले कवाडी करका नाममा हरेक मालवाहक सवारी साधनसँग अवैध ढंगले रकम उठाउँदा स्थानीय प्रहरी प्रशासन मौन बसेको टिप्पणी गरेका छन् ।

मजदुर संगठनले विरोधको कार्यक्रमबारे स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाएपनि ध्यानाकर्षण नभएको भन्दै माग सम्बोधन नभएसम्म आन्दोलनको कार्यक्रम फिर्ता नलिने जनाएको छ । मजदुरहरूले  उपमहानगरले पार्किङको व्यवस्थापन गर्न नसक्दा राजमार्गमा पार्किङ गर्न आफूहरु बाध्य भएको गुनासो गरेका छन् । सोमबारको विरोध कार्यक्रममा भारतीय गाडी बन्द गर, मजदुर संगठन जिन्दाबाद, ट्राफिक ज्यादती बन्द गर, नगरपालिकाको दादागिरी बन्द गर, चन्दा आतङ्क बन्द गर लगायतका नारा लगाइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै