मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

बन्द आव्हान नगरी अन्तरक्रिया गरेर मनाए कालो दिन

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

झापा ।  नेपाल जनमुक्ति पार्टीले कनकाई नगरपालिकाको सुरुङ्गामा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

पहिचान तथा स्वायत्तताको आन्दोलन र बि.सं. १८३१ को तत्कालीन गोर्खा राज्य र लिम्बुवानबिच भएको नुनपानी सन्धीको बिषयमा मंगलबार पार्टीले अन्तरक्रिया गरेको हो ।

लिम्बुवानसहितका पहिचानवादी पार्टीहरुले स्वायत्तताको आन्दोलन र बि.सं. १८३१ को तत्कालीन गोर्खा राज्य र लिम्बुवानबिच भएको नुनपानी सन्धी कार्यान्वयन नगरेको भन्दै साउन २२ गतेको दिनलाई कालो दिनको रुपमा लिदैं प्रत्येक बर्ष नेपाल बन्दको आव्हान गर्ने गरेका थिए । तर, यस बर्ष भने उक्त दिनको अवसर पारेर अन्तरक्रिया आयोजना गरिएको पार्टीका केन्द्रीय सचिव पालुङ्वाले जानकारी दिए ।
साउन २२ गतेलाई २०६६ सालदेखि कालो दिनको रुपमा लिँदै प्रत्येक बर्ष लिम्बुवानजन्य संगठनहरुले बन्द घोषणा गर्दै आएका थिए ।

राष्ट्रिय जनमुक्त पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समिति (लोसपा) बिच ६ बुँदे सहमतिपछि पार्टीको नाम नेपाल जनमुक्ति पार्टी भएको गत साउन १६ गते बिर्तामोडमा घोषणा गरिएको थियो ।
नेपाल जनमुक्ति पार्टी किरात लिम्बुवान खम्बुवान प्रदेश समितिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमको ब्यवस्थापन जिल्ला समिति झापाको रहेको थियो । नेपाल जनमुक्ति पार्टी किरात लिम्बुवान खम्बुवान प्रदेश समितिका अध्यक्ष पर्शुराम मगरको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता सन्जुहाङ पालुङ्वाको प्रमुख आतिथ्य रहेको थियो ।

पार्टीका केन्द्रीय उपाध्यक्ष भक्त खेवाङले स्वागत गरेको कार्यक्रममा उपमहासचिव बिष्णु थाम्देनले प्रस्तुत गरेको पार्टीको कार्यपत्र तथा अवधारणाका बिषयमा बुद्धिजीवी देशु बनेमले टिप्पणी गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार