मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

कुवेतको आगलागीमा झापाका दोर्जे लामा सहित ५ जना नेपालीले झ्यालबाट हाम्फालेर ज्यान जोगाए

देश प्रदेश डेस्क 5482+ समाचार ( )
३१ जेठ २०८१, बिहीबार

झापा कुवेतको माग्फास्थित एक लेवर क्याम्पमा आगलागी हुँदा झापाका दोर्जे लामा सहित ५ जना नेपालीले झ्यालबाट हाम्फालेर ज्यान जोगाएका छन् ।

यो आगलागीमा परी मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ । मृत्यु हुने श्रमिकहरु को कुन देशका हुन् भनेर पहिचान भइसकेको छैन ।

आगलागी भएको भवनबाट हाम्फालेर ज्यान जोगाएका सिरहाका शिवशंकर पासवान र झापाका दोर्जे लामा हुन् । हाल उनीहरु स्थानीय आदान अस्पतालमा उपचाररत छन् ।

हाम्फालेर भाग्दा घाइते भएकामध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । जसमा शिवगञ्ज झापाका दोर्जे लामा, सिरहाका शिवशंकर पासवान, दिनेशकुमार मण्डल, सन्तोषकुमार गोटी र जाकिर नदप रहेका छन् ।
लामा, मण्डल र पासवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोटी र जाकिरलाई अस्पतालमा भर्ना गरिएको छैन ।  भुँईतलाबाट आगलागी भयो । धुवाँको मुस्लोले कोठा भरियो’, नेपाली दूतावासका अधिकारीहरुसमक्ष लामाले भने, ‘कोठामा लुगा सुकाउने डोरी थियो । त्यो डोरीबाट विस्तारै बिस्तारै तल झयौ ।’ पासवानले आफूहरु तल्लो तलामा रहेकोले बाँच्न सफल भएको बताए ।  धुवाको मुस्लो आएपछि ढोकाबाट बाहिर आउने अवस्था भएन । क्याम्पको झ्याल फोरेर भाग्न सफल भयौं,’ पासवानले भने ।उनीहरुलाई भेट्न नेपाली दूतावासका प्रथम सचिव सुजन बिडारी र श्रम सहचारी गिरी आचार्य अस्पताल पुगेका थिए । कुवेतको एनविटिसी कम्पनीमा कार्यरत श्रमिकहरु वस्ने क्याम्पमा आगलागी भएको थियो । कुवेत सरकारले आगोलागीमा परी मृत्यु भएको राष्ट्रियता पहिचान गरिसकेको छैन ।

नेपाली दूतावासका अनुसार आगलागीमा नेपाली श्रमिक परे वा नपरेको बिषयमा खोजी भइरहेको जनाएको छ । ‘दूतावासको टोली क्याम्प र अस्पतालमा खटाइएको छ । प्रहरी र कम्पनीको ब्यवस्थापनसँग समन्वय भइरहेको छ,’ घटनास्थलमा पुगेका बिडारीले भने ।

बुधवार बिहान ४ः ३० बजे क्याम्पको तल्लो तलको एउटा कोठाबाट आगो सल्किएको थियो । कम्पनीमा करिव एकसय ९६ जना श्रमिक बस्दै आएका छन् । जसमा सबैभन्दा बढी भारतीय श्रमिकहरु रहेका छन् । ४८ जना घाइतेहरुलाई फर्वानिया, जहरा र अलअदान अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार