मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

होटलमा युवती लिएर बस्न गएका पुरुषको १० मिनेट मै गयो ज्यान

देश प्रदेश डेस्क 5486+ समाचार ( )
साङ्केतिक तस्विर
१४ पौष २०८०, शनिबार

सिरहा । सिरहाको मिर्चैया बजारस्थित ओखलढुङ्गे गिरी होटलमा महिलासँगै बसेका युवकको मृत्यु भएको छ । सिरहाकै कल्याणपुर नगरपालिका- २ का अन्दाजी ४० वर्षीय मुकेशप्रसाद कर्णको आज मृत्यु भएको हो ।

होटलको कोठामा पुगेको केहीबेरमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार कोठामा गएको १० मिनेट नबित्दै महिला रुँदै तल आएपछि होटल सञ्चालकसहितले उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा लगिएको थियो । उनको त्यही मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक कर्णसँग होटल पुगेकी महिलाको पहिचान प्रहरीले खुलाएको छैन । महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनले भने, ‘मृतक कर्णको मुख बाङ्गो भएको देखिएको छ । अनुसन्धान गरिरहेका छौं । तर, पोस्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारणबारे केही भन्न सकिँदैन ।’

घटनाबारे उनको परिवारलाई जानकारी गराएको र आएपछि आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि पठाउने डीएसपी बस्नेतले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार