मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

बालेन शाहलाई संसदीय दलकाे नेता बनाउन रास्वपा जुट्याे विधान संसाेधनमा

देश प्रदेश डेस्क 5485+ समाचार ( )
२९ फाल्गुन २०८२, शुक्रबार

झापा /   प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्ने कार्यमा जुटेकाे छ।

बालेन शाहलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको रास्वपाले प्रत्यक्षतर्फ १२५ सीट र समानुपातिकतर्फ ५७ सीट हासिल गरेकाेछ।

‘हामीले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा गएका थियौं। एक प्रकारले भन्दा हाम्रो संसदीय दलको नेता बालेन शाहलाई नै हो। उहाँलाई दलको नेता बनाउन विधानमा केके प्रावधान हेरफेर गर्नुपर्छ, हामी त्यो गर्छौं,’ रास्वपाकी सहप्रवक्त प्रतिभा रावलले भनिन्।

रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता छनोटको प्रावधान छ।

विधानको धारा ६६ (८) को (क) मा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनको लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुने व्यवस्था उल्लेख छ।

त्यस्तै उपधारामा (ख) दल नेता चयनका लागि हुने निर्वाचनमा     पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने प्रावधान राखिएको छ। रास्वपाले यसैलाई संशोधन गर्न लागेको हो। संशोधनका अन्तर्वस्तुबारे अहिले छलफल नभइसकेको पनि रावलले बताइन्।

‘हामीले विगतमा पनि अभ्यास गरेका थियौं। अहिले चुनावअगावै प्रधानमन्त्री तोकिसकेको अवस्थामा सहजीकरणका लागि के गर्नुपर्छ हामी छलफल गर्छौं,’ उनले भनिन्।

रास्वपाको मौजुदा विधानमा कुल खसेको सदर मतको (५० प्रतिशत+१) को संख्यामा मत ल्याउने उम्मेदवार पार्टीको तर्फबाट संसदीय दलको नेता हुने र कुनै पनि उम्मेदवारले कुल सदर मतको (५० प्रतिशत+१) को संख्या प्राप्त गर्न नसकेमा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुनेछ र विजयी उम्मेदवार पार्टीको तर्फबाट संसदीय दलको नेता हुने व्यवस्था छ।

राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक उम्मेदवार छान्ने गृहकार्यमा जुटेको छ। पार्टी सभापति रवि लामिछाने केही दिनदेखि अस्वस्थ भएर घरमै स्वास्थ्य लाभ गरिरहेकाले बैठक बस्न ढिलाइ भइरहेको पनि रावलले बताइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै