मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

एमालेले ७५३ वटै पालिकामा गर्दैछ जनसभा

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२६ कार्तिक २०८२, मङ्गलबार

झापा / नेकपा (एमाले) ले आज ७५३ वटै पालिकामा जनसभा तथा प्रदर्शन गरिरहेकाे छ। 

संविधानको रक्षा र प्रतिनिधि सभा पुनर्स्थापानाका लागि भन्दै जनपरिचालनलाई तीव्रता दिएको एमालेले आज पालिका तहमा प्रदर्शन केन्द्रित गरेको हो। प्रदर्शन बिहान ७ बजेदेखि नै सुरू भएको र यो क्रम साँझ पाँच बजेसम्म रहने एमालेले जानकारी दिएको छ।

पालिका तहको प्रदर्शनका लागि एमाले महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन दिएका थिए। त्यहीअनुसार आज बिहानैदेखि पालिका तहमा प्रदर्शन, भेला र अन्तरक्रिया भइरहेको एमालेले जानकारी दिएको छ।

एमालेले कात्तिक २२ गते वडा तहमा जनप्रदर्शन गरेको थियो। अब जिल्ला तहमा कात्तिक २९ गते हुनेछ। काठमाडौंमा मंसिर ६ गते व्यापक जनप्रदर्शन गर्ने एमालेले बताएको छ।

ठूलो जनसभा चाहिँ एमालेले आगामी मंसिर २७ गते काठमाडौंमा गर्ने तयारी गरेको छ। त्यस दिन एमालेले ११ औं महाधिवेशनको उद्घाटन पनि गर्दैछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार