मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

झापामा २९५ मिलिमिटर वर्षा

देश प्रदेश डेस्क 5194+ समाचार ( )
११ अशोज २०८१, शुक्रबार

झापा । झापामा २९५ मिलिमिटर वर्षा भएको छ  ।

पछिल्लाे २४ घण्टामा भएकाे मापनले  चेतावनी तह पार गरेको हो । जल तथा मौसम विभागका अनुसार कोशी प्रदेशको झापामा अतिभारी वर्षा भएको छ । झापाका अधिकांश ठाउँमा पछिल्लो २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

चन्द्रगढीमा सबैभन्दा बढी २६३ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै केचनामा पछिल्लो २४ घण्टामा २२२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै इलाममा समेत अति भारी वर्षा भएको छ ।

इलाममा पछिल्लो २४ घण्टामा २३७ मिलिमिटर वर्षा भएको छ । झापाको गौरादह र अनारमनी बिर्तामा पनि २ सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ ।

त्यस्तै पाल्पाको जाल्पा र अर्चलेमा समेत धेरै भारी वर्षा भएको छ । जाल्पामा पछिल्लो २४ घण्टामा १४८ र अर्चलेमा १५३ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै मोरङ, सप्तरी र उदयपुरमा समेत पछिल्लो २४ घण्टामा धेरै वर्षा भएको छ ।

आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ । जल तथा मौसम विभागका अनुसार देशका विभिन्न जिल्लामा अति भारी वर्षा भएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा १६ ठाउँमा वर्षाले चेतावनी तह पार गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार