मुख्य समाचार
भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल |

हल्दिवारीमा पाँचवटा घर जंगली हात्तीले भत्कायाे

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२७ श्रावण २०८२, सोमबार

झापा जंगली हात्तीले हल्दिवारीमा पाँचवटा घर भत्काएको छ भने आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

गएराति १२ः३० बजे हल्दिबारी गाउँपालिका वडा न.३ बाघडाँडामा तीनवटा जंगली हात्ती आई निमाई बानियाको टिनको छाना तथा टिनको घेराबेरा भएको घर ,खरको छाना र टिनको घेराबेरा भएको भान्साघर, सोही स्थान बस्ने हिरालाल मिश्रीको खरको छाना र बाँसको टाँटीबेरा भएको भान्सा घर भत्काएको छ ।

त्यस्तै बिहानको राति ३ बजे हल्दिबारी गाउँपालिका वडा नं.२ भेलागुडी सिमसारमा ३ वटा जंगली हात्ती आई खेम गौतमको टिनको छाना र बाँसको टाँटीबेरा भएको घर र सोही स्थान बस्ने ४८ वर्षीय नरेश खड्काको इटा सिमेन्टले बनेको टिनको छाना भएको १ तले घरको पूर्वपट्टिको वाल भत्काएको छ । हात्तीले वाल भत्काउँदा खड्काकी श्रीमती ४२ वर्षीया अम्विका खड्का घाइते भएकी छन् । उनको दाहिने हातको पाखुरा र कुममा चोट लागेको छ ।

ती सबैको घर भत्काउँदा अन्दाजी ७० हजार बराबरको क्षति भएको र हात्तीहरु नेपाल प्रहरी र स्थानीयको सहयोगमा जंगलतर्फ धपाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार