मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

मोरङको रानीमा आज पनि झडप, डीएसपीसहित ७ जना घाइते

देश प्रदेश डेस्क 5476+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार

झापा रामनमवीकाे विषय लिएर बुधबार दुई पक्षबिच भएकाे झडप आजपनि भएकाे छ ।रामनवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोध गरेपछि झडप सुरु भएको थियो । झडपलाई प्रहरीले बल प्रयोग गरेर दुवै समूह तितरबितर पारेको थियो ।

सोही विषयमा बिहीबार दिउँसो केही व्यक्तिले सभा गरेपछि  प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो भने साेहि  नियन्त्रणमा लिएको विरोधमा सुरु भएको प्रदर्शन उग्र भएपछि प्रहरीसँग झडप भएको हो ।  झडपमा डीएसपी वेदप्रकाश जोशीसहित सात जना प्रहरी  सामान्य घाइते भएका प्रहरीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले अनुमति नलिई सभा जुलुस तथा भेला नगर्न बिहीबार सूचना जारी गरेको थियो । तर साढे ३ बजे विराटनगर महानगरपालिका-१५ रामजानकी मन्दिर अगाडि ८-९ जनाको समूह भेला भएको थियो ।

भेला भएकामध्ये विराटनगर महानगरपालिका-१५ का २६ वर्षीय राजन झा, विराटनगर-१५ कै २४ वर्षका रितेश झालाई प्रहरीले  नियन्त्रणमा लिएको थियो । त्यसको विरोधमा बिहीबार बेलुका ५ बजे एउटा समूहले आन्दोलन सुरु गरेको थियो ।

आन्दोलनरत टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार