मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

मानव बेचबिखन विरुद्ध झापा गाउँपालिकामा सचेतना र्याली

देश प्रदेश डेस्क 5197+ समाचार ( )
१४ श्रावण २०८१, सोमबार

झापा  दशौं विश्व मानव बेचबिखनविरुद्धको दिवस विभिन्न कार्यक्रम गरी झापा गाउँपालिकामा मनाइएको छ ।

त्यस अवसरमा सुरक्षित वैदेशिक रोजगार र मानव बेचबिखनविरुद्धको अभिमुखीकरण तथा सचेतना र्याली निकालिएको थियो । ‘बालबालिका बेचबिखन बन्द गरौं ,बाल विवाह र शोषणमुक्त समाजको निर्माण गरौं’लगायतका सन्देशमूलक प्लेकार्ड बोकेर र्यालीले झापा बजार परिक्रमा गरेको थियो । झापा गाउँपालिका , कारीतास नेपाल र इलाका प्रहरी कार्यालय कुमरखोदको आयोजना तथा झापा बजार व्यवस्थापन समिति , पिछडा उत्थान कृषि सहकारी संस्था , जरमाई युवा क्लव र मार्शल कृषि सहकारी संस्थाको सहकार्यमा र्याली निकालिएको थियो ।

कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष राजकुमार यादव ,वडा नं २ का हिमालकुमार चम्लागाई , सशस्त्र बेश क्याम्प टाँघनडुब्बा विओपीका प्रमुख श्याम थापा , कार्यपालिका सदस्य दिलिप विक , कविता सोरेन , बाबरी परियार , पिछडा उत्थान कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण केवरत , झापा बजार व्यवस्थापन समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन कारितास नेपालका विवेक शिवाकोटी र स्वागत मन्तव्य झापा गाउँपालिकाका रोजगार संयोजक राजु उराउले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार