मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

शिवसताक्षीका मेयरले वडाध्यक्षलाई कार्यबाहक दिएपछि

देश प्रदेश डेस्क 5185+ समाचार ( )
३१ श्रावण २०८०, बुधवार

झापा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्रा रोशनले उपप्रमुख नरमाया कार्की हुँदाहुँदै नियमविपरित वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएका छन् । 

 जापान भ्रमणमा गएका नगर प्रमुख थोप्राले साउन ३१ देखि भदौ ५ सम्म ७ दिनका लागि शिवसताक्षी वडा नं ४ का वडाध्यक्ष विष्णुबहादुर प्रसाईलाई कार्यबाहकको जिम्मेवारी दिएका हुन् । त्यसप्रति उपप्रमुख कार्कीले आपत्ति जनाउँदै नेकपा एमाले जिल्ला कमिटीमा उजुरी दिएकी छन् । दुवै जना नेकपा एमाले तर्फबाट गत वर्षको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए । कर्मचारी प्रशासनले नियम संगत नहुने भन्दै गर्दा नगर प्रमुख थोप्राले ‘ मैले चाहेपछि हुन्छ’ भन्दै वडाध्यक्ष प्रसाईलाई कार्यवाहकको जिम्मेवारी दिएको उपप्रमुख कार्कीले बताइन् ।

हिजो बोर्ड बैठकमा अरु एजेन्डाका विषयमा छलफल भएपनि कार्यबाहकको जिम्मेवारीको बारेमा छलफल नभएको उनले बताइन् । जापान जान लागेका नगर प्रमुख थोप्रालाई हिजो शुभयात्रा भनेको आफूले वडाध्यक्ष प्रसाईलाई कार्यबाहकको जिम्मेवारी दिएको कुरा आज बिहान मात्र थाहा पाएको जानकारी दिइन् । त्यसबारे आफूले एमाले जिल्ला कमिटीमा उजुरी दिएको उनले बताइन् । कार्की एमालेका जिल्ला कमिटी सचिवालय सदस्य र थोप्रा नगर कमिटी अध्यक्ष हुन् । नगर प्रमुख थोप्रा र उपप्रमुख कार्कीबीच विगत केही समयदेखि मनमुटाव रहँदै आएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार