मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर

देश प्रदेश डेस्क 5479+ समाचार ( )
२० श्रावण २०८३, बुधवार

विगत लामो समयदेखि झापाको भद्रपुरबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको ओम साईं पाथीभरा हस्पिटलले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै विभिन्न क्षेत्रका नागरिकलाई सहुलियत दरमा उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

आधुनिक प्रविधि, अनुभवी चिकित्सक तथा सेवामुखी स्वास्थ्यकर्मीमार्फत बिरामीको मन र विश्वास जित्दै आएको अस्पतालले अब अर्को विशेष सामाजिक योजनालाई अगाडि बढाएको छ । अस्पतालका निर्देशक बालकुमार पोखरेल (साईराम)का अनुसार २०८३ भदौ १ गते देखि नेपालभर रहेका पानीपोखरेल बन्धुहरूका लागि अस्पतालका सबै सेवा–सुविधामा निश्चित सर्तहरूको अधीनमा रही २० प्रतिशतसम्म छुट प्रदान गर्ने योजना औपचारिक रूपमा लागू गरिएको छ ।

भद्रपुरमा अवस्थित ओम साईं पाथीभरा हस्पिटलले न्युरोसर्जरी, अर्थोपेडिक्स, स्त्री तथा प्रसूति रोग, बालरोग, जनरल मेडिसिन, जनरल सर्जरी, इमरजेन्सी सेवा, प्रयोगशाला, डिजिटल एक्स–रे, अल्ट्रासाउण्ड, फार्मेसी तथा विशेषज्ञ चिकित्सकको ओपीडी सेवासँगै अत्याधुनिक १.५ टेस्ला एमआरआई, सिटी स्क्यान तथा फिजियोथेरापी सेवा समेत सञ्चालन गर्दै आएको छ । आधुनिक स्वास्थ्य उपकरण, दक्ष जनशक्ति र बिरामीमैत्री सेवाका कारण अस्पतालले छोटो समयमै पूर्वी नेपालका बिरामीहरूको विश्वास आर्जन गर्न सफल भएको अस्पताल प्रशासनले जनाएको छ ।

निर्देशक पोखरेलले भने, “स्वास्थ्य सेवा केवल व्यवसाय होइन, सामाजिक उत्तरदायित्व पनि हो। यही भावनालाई आत्मसात् गर्दै हामीले नेपालभर रहेका पोखरेल बन्धुहरूका लागि विशेष छुट योजना ल्याएका हौँ। आवश्यक परिचय खुल्ने कागजात तथा अस्पतालले तोकेका सर्तहरू पूरा गर्ने सेवाग्राहीले यो सुविधाको लाभ लिन सक्नुहुनेछ। अत्याधुनिक १.५ टेस्ला एमआरआई, सिटी स्क्यान तथा अन्य विशेषज्ञ सेवाहरू पनि छुट योजनाभित्र समावेश गरिएका छन् ।”

अस्पतालले यसअघि पनि ज्येष्ठ नागरिक, विभिन्न संघ–संस्था, सामाजिक समूह तथा विशेष अभियानमार्फत उपचार सेवामा सहुलियत प्रदान गर्दै आएको छ। सोही अभियानलाई विस्तार गर्दै पोखरेल बन्धुहरूका लागि ल्याइएको नयाँ छुट योजनाले धेरै सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।

अस्पताल प्रशासनले आवश्यक सर्त तथा छुटसम्बन्धी विस्तृत जानकारीका लागि अस्पतालको सूचना कक्ष वा प्रशासन शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । साथै, आगामी दिनमा पनि सर्वसाधारणलाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता यथावत् रहने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार