मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

पूजाको प्रसादले फुड पोइजन हुँदा अर्जुनधारामा ५० जनाभन्दा बढी बिरामी

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

झापा पूजाको प्रसाद खाएर फुड पोइजन हुँदा झापाको अर्जुनधारामा ५० जनाभन्दा बढी बिरामी परेका छन् ।

अर्जुनधारा ९ स्थित खरबन्दीमा  स्थानीय रीता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो । प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् । बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म रहेका छन् ।

बिरामी परेका अधिकांश बिरामीको नगरको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाको कालिस्थानस्थित क्लिनिकमा उपचार भइरहेको छ । क्लिनिकमा कम्तिमा पनि ३० जनाको उपचार भइरहेको छ । यस्तै, गाउँकै अन्य क्लिनिकमा पनि बिरामीको उपचार भइरहेको बताइएको छ । क्लिनिकमा बेड अभाव भएर बार्दली, कम्पाउण्ड, बेञ्चलगायतका स्थानमा बिरामीको उपचार भइरहेको छ । यस्तै, बिरामी भएर गाउँमै रहेका ८ जनालाई नगरपालिकाको गाडीले शनिश्चरे अस्पताल उपचारका लागि ल्याएको छ ।

यसैबीच, अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुलीलगायत जनप्रतिनिधिले बिरामीलाई भेटेर स्वास्थ्य अवस्था बुझेका छन् । आज साँझ बिरामी भएको खबर पाउनासाथ स्वास्थ्य अवस्था बुझ्न नगरप्रमुखको टोली क्लिनिक र अस्पताल पुगेको थियो । गाउँमा रहेका बिरामीलाई नगरप्रमुख गोम्देनको पहलमा उपचारका लागि अस्पताल ल्याइएको सचिवालयले जनाएको छ । अस्पतालमा २५ वर्षीया लक्ष्मी दर्नाल, ६२ वर्षीय चन्द्रबहादुर दर्नाल, ६० वर्षीय तेज बाँसकोटा, २९ वर्षीय नारायण बाँसकोटा, ५२ वर्षीया हरिमाया भुजेल, १५ वर्षीय रिवज बाह्रकोटी, ४० वर्षीया तारा बाह्रकोटी र ६० वर्षीया हर्कमाया दर्नालको उपचार भइरहेको छ ।

कति बिरामीले सामान्य उपचारपछि घरमै स्वास्थ्य लाभ लिइरहेका छन् भने अस्पतालमा बिरामी आउने क्रम जारी रहेको छ । अस्पतालका अनुसार बिरामीको अवस्था खतरामुक्त रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार