मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

स्थापना दिवसमा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरले विभिन्न कार्यक्रम गर्दै

देश प्रदेश डेस्क 5361+ समाचार ( )
१८ चैत्र २०८१, सोमबार

झापा स्थापना दिवसकाे अवसर पारेर  राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत भद्रपुर-९ स्थित जीवन ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सोमबार एक संक्षिप्त कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गरिएको  हो ।

सहकारी अध्यक्ष वशिष्ठ अधिकारी, कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सल्लाहकार लक्ष्मीप्रसाद गुरागाईँ लगायतले  विद्यार्थीहरूलाई ३० दर्जन कापी, पेन्सिल ३० प्याकेट तथा ईलेजर, सापनर र डटपेन समेत गरी ३० हजार मुल्य बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन् । सो सामग्री विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष नूतन पौडेल र प्रधानाध्यापक  निर्मला पौडेललाइ  हस्तान्तरण गरेका थिए । 

 सामग्री हस्तान्तरण गर्ने सहकारी संस्था प्रति व्यवस्थापन समिति अध्यक्ष पौडेलले धन्यवाद दिएका थिए ।  कार्यक्रममा प्रमुख अतिथि गुरागाईँ, नेपाल निजामती कर्मचारी संगठन झापाका निवर्तमान अध्यक्ष केदार पोखरेल, ९ नम्बर का वडाअध्यक्ष राम दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव नवराज पोखरेलले र स्वागत मन्तव्य विद्यालयकी प्रधानाध्यापक निर्मला पौडेलले राखेकी थिइन् । सहकारीले आजै दुइजना ज्येष्ठ नागरिक शंकर भण्डारी र पद्ममा कुमारी नेपाललाइ समेत  सम्मान  गरेकाे छ भने भाेली (१९ गते) भद्रपुर १० चन्द्रगढीकाे बिरेन्द्र नमुना क्याम्पसमा बृह्त स्वास्थ्य शिबिर  लगायतका विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने व्यवस्थापक अनुज खतिवडाले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार