मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

वैदेशिक रोजगारीका नाममा ठूलो रकम लिएर सम्पर्कविहीन हुने क्रम बढ्दो

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१६ माघ २०८१, बुधवार

झापा वैदेशिक रोजगारका लागि अमेरिका, क्यानडा, जापान पठाउने बहानामा अनपेक्षित ठूलो रकमको ठगीका उजुरी परेका छन् । वैदेशिक रोजगारीको प्रलोभनमा रकम लिएर फरार रहेका व्यक्तिहरू पक्राउ परेपछि वैदेशिक रोजगारका नाममा भएका ठूलाठूला  घटना सार्वजनिक ह्न थालेका हुन् । अमेरिका पठाइदिने प्रलोभन दिएर कञ्चनपुरको शुक्लाफाँटाका भुवन कार्कीले तीन जनाबाट १ करोड लिएको उजुरी परेको छ ।

यसअघि सोमबार अमेरिका पठाइदिने भन्दै एक जनाबाट ९७ लाख ५४ हजार ठगेको उजुरीका आधारमा गोरखाको शहीद लखन गाउँपालिकाका सुरेन्द्र विकलाई पनि प्रहरीले पक्राउ गरेको थियो । अमेरिका पठाउने भन्दै परिबन्दमा पारेर ९७ लाख ५४ हजार लिएपछि सम्पर्कविहिन भएका विकलाई कलंकीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै क्यानडा पठाउने भन्दै १२ लाख ठगी गरेको उजुरीका आधारमा प्रहरीले काठमाडौं कागेश्वरीका नितेश पोखरेललाई पनी पक्राउ गरेको छ । उनले क्यानडा पठाइदिने भन्दै ४ जनाबाट १२ लाख लिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अमेरिका, क्यानडा, जापान जस्ता देशमा वैदेशिक रोजगारीका लागि भन्दै ठूलो रकम लिने र सम्पर्कविहीन हुने क्रम बढेको बताएको छ ।

प्रहरीले पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाउने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै