मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

भट्टराईको गोठधुपमा अग्रज पत्रकार गिरीसहितलाई सम्मान

देश प्रदेश डेस्क 5479+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

झापा   साधारणसभा तथा गोठधुप पूजाको अवसरमा भट्टराई कुलवंश प्रतिष्ठान भद्रपुर नगर समितिले अग्रज पत्रकार गोपाल गिरीलाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार महर्षि वशिष्ठ पत्रकारिता पुरस्कारबाट पत्रकार गिरीलाई नगदसहित सम्मान गरेको हो । प्रतिष्ठानले यसै वर्षदेखि वितरण गर्न थालेको महर्षि वशिष्ठ पत्रकारिता पुरस्कार भद्रपुर–८ निवासी गणेशप्रसाद भट्टराई र शकुन्तला भट्टराईले स्थापना गरेका हुन् ।
प्रतिष्ठानले साधारणसभाकै अवसरमा सामाजिक व्यक्तित्व भट्टराई कुलवंश प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई र श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमका पूर्वअध्यक्ष रेमनाथ चुडाललाई पनि सम्मान गरेको छ ।
त्यस्तै, प्रतिष्ठानले ज्येष्ठ नागरिक ९१ वर्षीय मुक्तिनाथ घिमिरे र ८१ वर्षीया अम्बिका भट्टराईलाई सम्मान गरेको छ । यसैगरी, गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने अनुज कर्ण, सिम्रन दाहाल, इना इजम, अभिषेक भट्टराई र प्रियन्सका भट्टराईलाई सम्मान गरेको छ भने कक्षा–१२ मा उत्कृष्ट अंक ल्याउने सन्दीप प्रसाईँ र सीमा आले मगरलाई समेत सम्मान गरेको छ ।
प्रतिष्ठानका नगर अध्यक्ष चेतनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले प्रतिष्ठान २०५० सालमा गठन गर्दा जातीय संगठन भनेर धेरै आलोचना भए पनि पछिल्लो समय सोको अनुसरणसँगै प्रशंसा गरिएको बताए ।
पुरस्कृत अग्रज पत्रकार गिरीको संक्षिप्त परिचय प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरले प्रस्तुत गरेका थिए भने अन्य पुरस्कृत व्यक्तिका बारेमा प्रतिष्ठानका सल्लाहका अरुण भट्टराईले प्रकाश पारेका थिए ।
प्रतिष्ठानका सचिव एकराज भट्टराईले सांगठानिक र कोषाध्यक्ष खेमराज भट्टराई (शैलेश)ले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा प्रतिष्ठानका साधारण सदस्य झलनाथ खनालले पूजा समितिलाई पनि सम्मान गर्नुपर्ने सुझाव दिँदै सो सम्मानको सौजन्य गर्ने घोषणा गरेका थिए ।
प्रतिष्ठान उपाध्यक्ष चिरञ्जीवी भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सल्लाहकार महेन्द्र भट्टराईले गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य प्रेसप्रसाद भट्टराई, गोमा भट्टराई, पूर्वकेन्द्रीय सदस्य गणेशप्रसाद भट्टराई, प्रदेश सदस्य शालिकराम भट्टराई, जिल्ला सदस्य राजकुमार भट्टराई, महेश भट्टराई, जिल्ला समितिका लेखा संयोजक कुलप्रसाद भट्टराई, जिल्ला तथा नगर समितिका पदाधिकारी एवम् सदस्य तथा भट्टराई बन्धुहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै