मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१९ भाद्र २०८३, शुक्रबार

झापा / लाङटाङ हिमालको उत्तरी भेगमा हिमचट्टानसहितको पहिरो खसेपछि बनेको प्राकृतिक ताल तत्कालका लागि जोखिमपूर्ण अवस्थामा नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाका प्रमुख बाढीविद् विनोद पराजुलीका अनुसार चिनियाँ प्राविधिक टोलीले गरेको पछिल्लो अध्ययन तथा निगरानीबाट माथिल्लो तालमा पानीको मात्रा केही बढे पनि तत्काल ताल फुट्ने वा त्यसबाट ठूलो बाढी आउने अवस्था नरहेको जानकारी नेपाली पक्षलाई गराएको हो।

यसअघि लाङटाङको उत्तरी क्षेत्रमा हिमचट्टान खसेपछि ल्हेन्दे खोलाको माथिल्लो भागमा प्राकृतिक रूपमा ताल बनेको थियो। पानीको मात्रा बढ्दै गएपछि ताल फुटेर भोटेकोशी हुँदै तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको थियो।

तर पछिल्लो निगरानीमा तालको पानी निकास भएर विस्तारै बाहिर बगिरहेको देखिएपछि तत्काल जोखिम घटेको बाढीविद् पराजुलीको भनाइ छ। पानी ओभरफ्लो भएर निरन्तर बाहिर निस्कन थालेपछि एकैपटक ताल फुटेर ठूलो बाढी आउने सम्भावना तुलनात्मक रूपमा कम हुने प्राविधिकहरूको निष्कर्ष छ।

यद्यपि जोखिम पूर्ण रूपमा अन्त्य भएको भने मान्न सकिँदैन। माथिबाट थप हिमचट्टान वा पहिरो खसेर तालमा असर पार्न सक्ने सम्भावनालाई समेत प्राविधिकहरूले निगरानीमा राखेका छन्। लाङटाङ क्षेत्रमा भएको पछिल्लो घटनाले हिमाली क्षेत्रमा हिमपहिरो, पहिरो, ताल निर्माण र बाढी एकपछि अर्को रूपमा निम्तिन सक्ने ‘क्यास्केडिङ हाजार्ड’ को जोखिमसमेत देखाएको विज्ञहरूले बताएका छन्।

चिनियाँ पक्षले ड्रोन तथा अन्य प्रविधिबाट घटनास्थलको निगरानी गरिरहेको छ भने नेपाली पक्षले प्राप्त सूचना र तथ्यांकका आधारमा भोटेकोशी तथा त्रिशूली नदी आसपासको जोखिम मूल्यांकन गरिरहेको छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार