मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

भारतको केन्द्रीय जेलमा कैदीलाई भीआईपी सुविधा, भिडियो भाइरल भएपछि खैलाबैला

देश प्रदेश डेस्क 5194+ समाचार ( )
२४ कार्तिक २०८२, आइतबार

झापा / भारतको बेंगलुरुको परप्पना अग्रहरा केन्द्रीय जेलमा केही कैदीहरूलाई 'भीआईपी ट्रिटमेन्ट' दिइएको एक गम्भीर घटना सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा ठुला अपराधमा संलग्न कैदीहरू मोबाइल फोन प्रयोग गर्दै र टीभी हेर्दै गरेको देखिएका छन् । यस मामिलामा आईएसआईएसका एजेन्टदेखि सिरियल बलात्कारी र हत्यारा उमेश रेड्डीसमेत सामेल छन् । जेलभित्रको यो 'भीआईपी ट्रिटमेन्ट'को खुलासा भएपछि सरकारले तत्काल छानबिनको आदेश दिएको छ । 

इन्डिया टुडेको रिपोर्टअनुसार विलासिताको जीवन बिताइरहेका कैदीहरूमा आईएसआईएस रिक्रुटर जुहैब हमीद शकील मन्ना पनि समावेश छन् । भिडियोमा जुहैब मन्नालाई आफ्नो फोन चलाउँदै गरेको र पृष्ठभूमिमा टीभी वा रेडियो बजिरहेको देख्न सकिन्छ । उनी कसैसँग कुरा गर्दै र चिया पिउँदै पनि देखिएका छन् । राष्ट्रिय अनुसन्धान एजेन्सीका अनुसार जुहैब मन्नाले कुरान सर्कल समूहमार्फत मुस्लिम युवाहरूलाई कट्टरपन्थी बनाएका, भर्ती गरेका र उनीहरूलाई आईएसआईएसमा सामेल हुनका लागि अवैध रूपमा टर्की हुँदै सिरिया पठाएका थिए । 

अर्को क्लिपमा, सिरियल बलात्कारी र हत्यारा उमेश रेड्डीलाई पनि जेलभित्र मोबाइल प्रयोग गरिरहेको देखिएको छ । रेड्डीलाई सन् १९९६ देखि २०२२ को बिचमा २० महिला बलात्कार र तीमध्ये १८ जनाको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको छ । उनको ब्यारेकमा टीभी सेट पनि देखिएको छ । 

रान्या राव सुन तस्करी प्रकरणमा पक्राउ परेका तरुण राजुका तस्बिरहरू पनि सार्वजनिक भएका छन्, जसमा उनलाई जेलभित्र फोन प्रयोग गर्दै र खाना पकाउँदै गरेको देख्न सकिन्छ । तरुणलाई जेनेभा भाग्ने प्रयास गर्दा पक्राउ गरिएको थियो ।

उनलाई सुन तस्करी नेटवर्कको मुख्य योजनाकारको रूपमा पहिचान गरिएको थियो, जसले कथित रूपमा दुबईमा एक वरिष्ठ आईपीएस अधिकारीकी छोरी रान्या रावलाई सुन आपूर्ति गरेका थिए । 

यस घटना सार्वजनिक भएपछि कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले तत्काल घटनाको छानबिन गर्न आदेश दिएका छन् । जेल विभागले पनि आफ्नै स्तरमा छानबिन सुरु गरेको छ । समाचारमा जनाइएअनुसार यी भिडियोहरू सन् २०२३ देखि २०२५ को बिचका भएका जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार