मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

पाकिस्तानमा उद्धार डुङ्गा पल्टिँदा पाँचको मृत्यु

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

बाढीले प्रभावित पाकिस्तानको दक्षिणी पन्जाब प्रान्तमा उद्धार डुङ्गा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढीको उद्धार गरिएको छ ।

आपतकालीन व्यवस्थापन प्राधिकरणका अनुसार, शनिबार मुल्तान जिल्लामा डुङ्गा तीव्र जलप्रवाहका कारण पल्टिएको थियो, तर धेरैजसो यात्रुहरूलाई बचाउन सफल भएको थियो ।

पन्जाबका राहत आयुक्त नबिल जावेदले शनिबार दिएको जानकारीअनुसार रावी, सतलज र चेनाब नदीमा आएको बाढीले ४ हजार १०० भन्दा बढी गाउँहरू प्रभावित भएका छन्, जसले गर्दा २० लाखभन्दा बढी मानिसहरूले घर छोड्न बाध्य भएका छन्। बाढीपीडितका लागि अधिकारीहरूले ४२३ राहत शिविर, ५१२ स्वास्थ्य शिविर र ४३२ पशु स्वास्थ्य केन्द्रहरू स्थापना गरेका छन्। १५ लाखभन्दा बढी पशुहरूलाई सुरक्षित ठाउँमा सारिएको छ।

संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कअनुसार, गत जुन महिनादेखि पाकिस्तानमा आएको मनसुनी बाढीका कारण करिब ९०० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार