मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

भारत लैजादै गरेको दश जना महिलाको उद्धार

देश प्रदेश डेस्क 5486+ समाचार ( )
५ पौष २०८०, बिहीबार

झापा वैदेशिक रोजगारीको प्रलोभनमा पारेर भारत लैजान लागेको दश जना महिलाहरुलाई उद्धार गरिएको छ ।

साना हातहरु नामक संस्था र प्रहरीले विराटनगरको सीमा क्षेत्र र जोगवनीबाट दश जना महिलाहरुलाई उद्धार गरेको हो। उद्धार गरिएको महिलाहरु सिन्धुपालचोक, जाजरकोट र मोरङका रहेको साना हात संस्थाका शाखा प्रमुख बिवस श्रेष्ठले जानकारी दिएका छन् ।

 उद्धार गरिएका महिलाहरु मध्ये दुई जना अविवाहित किशोरी रहेका छन्। उनिहरुलाई विराटनगर वडा नम्बर – ४ घर भएका राजु रिजालले नेपालबाट उडाउन नसकिने भएकोले अवैध बाटोबाट वैदेशिक रोजगारमा पठाउन खोजेका थिए ।

उनीहरुलाई केही दिन काठमाण्डौमा समेत राखेको  काठमाण्डौबाट वैदेशिक राजेगारमा पठाउन नसिकने भन्दै ती दलालले भारत हुँदै विदेश पठाउने योजना बनाएको उनीहरुले बताएका छन् । दुवई, कुवेत, ओमनमा घरेलु कामदारको रूपमा मासिक ३५ हजार देखि ४० हजार रुपैयाँ सम्म कमाई हुने भन्दै लैजान लागेको बताएका छन्।

जोगवनीमा खाध् सामाग्री खरिद गर्न गएको भन्ने बहाना बनाएर भारत कटाउन खोजेको साना हात नामक संस्थाले बताएको छ। उनीहरु मध्ये दुई जनालाई नेटर्वकिङमा लैजान खोजेका थिए । उद्धार गरिएका महिलाहरुलाई प्रहरीको रोहबरमा आफन्तममा जिम्मा लगाउने तयारि गरिएको छ । वैदेशिक रोजगारमा पठाउने एजेन्ट दुलाल भने फरार रहेका छन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार