मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

झापा बुद्धशान्तिकी माया रम्तेलको पनि मृत्यु भएको छ

देश प्रदेश डेस्क 5197+ समाचार ( )
साङ्केतिक तस्विर
९ फाल्गुन २०८०, बुधवार

झापा । परस्त्रीसँग श्रीमान् लागेको भन्दै आत्मदाहको प्रयास गरेकी झापा बुद्धशान्तिकी माया रम्तेलको पनि मृत्यु भएको छ । ५ वर्षकी छोरी वर्षा विकलाईसँगै लिएर शरीरमा पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेकी बुद्धशान्ति गाउँपालिका-२ स्थित गोपालडाँडा घलेगाउँकी २८ वर्षीया मायाको उपचारका क्रममा बुधबार बिहान ८ बजे प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छोरी वर्षाको फागुन ५ गते बिहान उपचारको क्रममा मृत्यु भएको थियो । 

गत फागुन ४ गते राति साढे ८  बजेको समयमा मायाले श्रीमान् राजन अन्य महिलासँग सम्बन्धमा राखेको भन्दै छोरी वर्षालाई आफ्नै शरीरमा सलले बाँधी शरीरभरि पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेकी थिइन् । आमाछोरीले शरीरमा आगो लगाएको स्थानीयले देखेर तत्काल प्रहरीलाई खबर गरेका थिए ।

त्यसको भोलिपल्ट उपचारका क्रममा बीएण्डसी हस्पिटलमा वर्षाको मृत्यु भएको थियो । मायाको पनि बीएण्डसी हस्पिटलमा उपचार भइरहेकोमा त्यहाँबाट फागुन ६ गते उपचारको लागि उनलाई प्रादेशिक अस्पताल भद्रपुर रेफर गरिएको थियो ।  प्रहरीले घटनास्थल नजिकै श्रीमानको बारेमा लेखिएको सुसाईड नोट फेला पारेको थियो ।  यता प्रहरीले श्रीमान् राजनलाई घटना भएकै दिन पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार