मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

मेचीनगरका १३ जनप्रतिनिधिले इन्धन बापत बढी सुविधा लिए

देश प्रदेश डेस्क 5194+ समाचार ( )
१० आषाढ २०८२, मङ्गलबार

झापा तीन जना वडा अध्यक्ष सहित १३ जना जनप्रतिनिधिले इन्धन बापतको बढी सुविधा लिएको पाइएको छ । झापाको मेचीनगर नगरपालिकाकामा   गत आर्थिक बर्ष २०८०/०८१ मा मेचीनगरका वडा नं. २ का वडा अध्यक्ष दिपक बराल, वडा नं. ५ का वडा अध्यक्ष कनक बहादुर कार्की र मेचीनगर ७ का वडा अध्यक्ष प्रल्हादमणी ओलीसहित १३ जना जनप्रतिनिधिबाट इन्धन बापत बढी सुविधा लिएका हुन् ।उनीहरूले ३ लाख दुई हजार ८२२ रुपैयाँ असुल गर्नु पर्ने महालेखाले औंल्याएको छ ।

महालेखा परीक्षक कार्यालयको लेखा परिक्षण प्रतिवेदन अनुसार वडा अध्यक्ष बरालले ५१ हजार ११० रुपैयाँ, वडा अध्यक्ष कार्कीले ३ हजार ३२० रुपैयाँ र वडा अध्यक्ष ओलीले दुई हजार ४९० रुपैयाँ इन्धन बापत बढी सुविधा लिएकाले फिर्ता गर्नु पर्ने देखिएको छ । 

सबैभन्दा बढी कार्यपालिका सदस्य चित्रकुमार धिमालले ६५ हजार ५७० रुपैयाँ इन्धनको बढी सुविधा लिएकाले फिर्ता गर्नु पर्ने भएको छ । त्यस्तै माया प्याकुरेलले १८ हजार २६०, कुन्दन निरौलाले २२ हजार ४१०, अमित राईले ३८ हजार १४२, रिता परियारले १४ हजार ९४०, तिलजा देवानले १९ हजार ९२०, हरी बहादुर न्यौपानेले २४ हजार ९००, ह्रदय राजबंशीले २४ हजार ९००, अन्जु थापाले १४ हजार ९४० र कविता खनाल मिजारले १९ हजार ९२० रुपैयाँ पेट्रोल र डिजलबापत बढी रकम भुक्तानी लिएकाले असुल गर्नु पर्ने महालेखाकाे प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार