मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

सनसाईन बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१९ अशोज २०८१, शनिबार

झापा सनसाईन बचत तथा ऋण सहकारी संस्था लिमीटेड भद्रपुर–१० चन्द्रगढीको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष बालकृष्ण बास्तोलाको सभापतित्व तथा भद्रपुर नगर पालिका वडा नम्बर १० का वडाअध्यक्ष टेकबहादुर खडका(काजी)को प्रमुख आतिथ्यमा शनिबार चन्द्रगढीमा सम्पन्न भएको हो ।
अध्यक्ष बास्तोलाले संस्थाको
सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले निम्न आय भएका ७ जना सदस्यलाई निःशुल्क स्वास्थ्य विमा गरिदिने जनाए ।
कार्यक्रममा शेयर सदस्य सन्ततीबाट २०८० सालको एसईई परिक्षामा उत्कृष्ट आरती राजवंशी र  सृष्टि साहलाई नगद सहित प्रसंशा पत्र प्रदान गरेर सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट  कारोबार गर्ने फुलमाया मगर,दुर्गा माया योङहाङ,कुमारी मगर र  सन्तोषी नेम्वाङलाई नगद सहित प्रसंशा पत्र प्रदान गरेर सम्मान गरिएको थियो भने जेष्ठ  सदस्य नन्द माया भट्टराईलाई कपडा सहित प्रसंशा पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष श्याम खतिवडाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि खडका ,सल्लाहकार डिल्ली ढकाल ,
जयराज राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सञ्चारकर्मी एवम अतिथिहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन समितिका सचिव टिका प्रसाद दाहालले गरेका थिए ।  
२०७० सालमा ३९ जना शेयर सदस्यबाट स्थापना भएको संस्थामा हाल १५ सय ४० जना शेयर सदस्य रहेको संस्थामा १ करोड २४ लाख ७२ हजार ७ सय रुपैयाँ  शेयर पूँजीरहेको तथ्याङ्कमा उल्लेख छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार