मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |

दुर्गा प्रसाईका समर्थक चौधरी पक्राउ ,मैनाली र राई रिहा

देश प्रदेश डेस्क 5192+ समाचार ( )
७ अशोज २०८१, सोमबार

झापा बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईका दुईजना समर्थक आज रिहा भएका छन् ।

आइतबार साँझ राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई पक्राउ परेका थिए । उनीहरुलाई आज साँझ बिना धरौटी रिहा गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच आज दिउँसो ४.३० बजे बिर्तामोड ७, गरामनीस्थित निजी निवासबाट नागरिक प्रतिरक्षा बल (पीडीएफ) का झापा जिल्ला सहसचिब बिजय चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको निगरानीमा राखिएको छ ।

यसैबीच दुर्गा प्रसाई पक्राउको विरोध गर्दै उनका समर्थकहरुले आज साँझ कन्काईको सुरुङ्गामा मसाल जुलुस निकालेका छन् । साँझ ६.३५ बजेदेखि सुरुङ्गास्थित पिपल चोकबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका कन्काई नगर संयोजक सन्तोष प्रसाईंको नेतृत्वमा करिब ३० जनाको उपस्थितिमा विभिन्न नाराहरु लगाउँदै मसाल जुलुस निकालिएको थियो । जुलुसले सुरुङ्गा बजार परिक्रमा गरी मुख्य चोकमा आई कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै