मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

डेंगु सङ्क्रमितको सङ्ख्या ४६ हजार नाघ्यो, २० जनाको मृत्यु

देश प्रदेश डेस्क 5194+ समाचार ( )
२१ कार्तिक २०८०, मङ्गलबार

झापा  डेंगु सङ्क्रमण बढ्दै गएपछि हालसम्म संक्रमितको संख्या ४६ हजार नाघेको छ ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार हालसम्म ७७ जिल्लाका ४६ हजार ३१९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यो अवधिमा २० जना सङ्क्रमितको मृत्यु भएको ईडीसीडीले जनाएको हो । सबैभन्दा बढी सङ्क्रमित सुनसरीमा १६ हजार १६० जनामा पुष्टि भएको महाशाखाले ज नाएको छ ।

यस्तै, तनहुँमा २५ दिन यता सङ्क्रमितको सङ्ख्या बढेर ६ हजार ८११पुगेको छ । त्यसपछि झापामा ३ हजार ७४१ पुष्टि भएको छ । धादिङमा ३ हजार २३२ जनामा सङ्क्रमण भएको छ ।

यस्तै कास्की २ हजार ७०५ जना, मोरङ २ हजार ३०५ जना, काठमाडौँमा १ हजार ५६९ जनामा सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ ।

यसैगरी संखुवासभामा ७२४, गोरखामा ७०३ जना र कैलालीमा ६९० जनामा सङ्क्रमित भएको बताइएको छ ।

सात प्रदेशमध्ये सबैभन्दा बढी सङ्क्रमित कोसी प्रदेशमा रहेको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा २४ हजार ७८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समयमा गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या बढेको छ । गण्डकीमा ११ हजार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसपछि बागमती प्रदेशमा ६ हजार ४८९ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ४६६, लुम्बिनी प्रदेशमा १ हजार ८, मधेस प्रदेशमा ६९७, कर्णाली प्रदेशमा १९७ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार