मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

साइनो सहकारीमा लाखौको हिनामिनाकाे आरोपमा अध्यक्ष पक्राउ

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२५ आषाढ २०८३, बिहीबार

झापा सहकारीकाे लाखौ रकम हिनामिना गरेको आरोपमा संस्थाका अध्यक्ष पक्राउ प्रेका छन् । पक्राउ पर्नेमा दिपककुमार मेन्याङ्बो लिम्बू रहेकाे पाइएकाे छ । 

घटना विवरण अनुसार झापाको शिवसताक्षी ८ झिलझिलेमा रहेको साइनो बचत तथा ऋण सहकारी संस्थाका खिलमान राईसहितका करिव आधा दर्जन बचतकर्ताहरुले आफ्‌नो बचत फिर्ता नपाएको भन्दै जाहेरी दिएपछि केही दिनअघि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिनामिनामा अध्यक्ष लिम्बूसहित अन्य संचालकहरु पनि मुछिएका छन् । उनीहरुको खोजी भइरहेको छ । शिवसताक्षी नगरपालिकाले यस सहकारीका विषयमा छानबिन गरी प्रतिवेदनसहित सिफारिस पठाएपछि प्रहरीले कार्वाही अघि बढाएको हो ।

यसैबीच प्रहरीले साइनो बचत तथा ऋण सहकारी संस्थाका अन्य बचतकर्ताहरुलाई पनि निवेदन दिन आव्हान गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दुर्गाबहादुर भट्टराईले एक सार्वजनिक सूचना जारी गरी साइनो बचत तथा ऋण सहकारी संस्थाबाट पीडित भएको भए यस सहकारीमा विगतदेखि हालसम्म आवद्ध रहेका शेयर धनी तथा वचतकर्ताले सात दिनभित्र वचतकर्ताहरुले प्रयोग गरेको पास बुक, नागरिकताको फोटोकपि छायाकपी, एफडी कार्ड लगायतका कागजातहरु लिई जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क राख्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार