मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

अमेरिकाले गर्‍यो रुसमाथि थप ५०० भन्दा बढी प्रतिबन्धको घोषणा

देश प्रदेश डेस्क 5197+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

११ फागुन, काठमाडौं । युक्रेनविरुद्ध युद्ध छेडेको र रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको हिरासतमा मृत्यु भएको घटनालाई लिएर अमेरिकाले रुसमाथि थप ५०० भन्दा बढी प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यी प्रतिबन्धहरू आर्कटिक सर्कल जेलमा नाभाल्नीको मृत्यु भएको एक हप्तापछि घोषणा गरिएको हो ।

राष्ट्रपति जो बाइडेनले नाभाल्नीको जेल सजायका लागि जिम्मेवार र रुसी सेनासँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरेर प्रतिबन्ध लगाइएको घोषणा गरे । यसअन्तर्गत करिब एक सय कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाइएको छ ।

राष्ट्रपति बिडेनले विज्ञप्ति जारी गरेर भनेका छन् कि यी प्रतिबन्धहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरेको आक्रमण र देशमा गरेको दमनको लागि ठूलो मूल्य चुकाउनु पर्ने निश्चित गर्नेछ ।

युरोपेली संघले रुसलाई हतियार खरिद गर्न सहयोग गरेको आरोपमा २०० कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

यसको जवाफमा रुसको विदेश मन्त्रालयले रुस प्रवेशमा प्रतिबन्ध लगाइएको ईयूका अधिकारी र नेताहरूको सूची विस्तार गरिएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार