मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

नाबालिका बलात्कार प्रकरण
बिर्तामोडका पूर्व नगरप्रमुख शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

देश प्रदेश डेस्क 5479+ समाचार ( )
२५ मंगशिर २०८१, मङ्गलबार

झापा बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ । घरेलु कामदारको रुपमा राखिएकी १७ वर्षीया बालिकालाई पटक पटक जबरजस्ती करणी (बलात्कार) गरेको उनीमाथि आरोप लागेकाे छ ।

  शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।

यो अवधिमा प्रहरीले प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्नेछ । त्यसपछि अनुसन्धानका लागि थप समय हिरासतमा राख्नलाई फेरि समय माग्नेछ । इलाका प्रहरी कार्यालय अनारमनीले शिवाकोटीलाई सोमबार अपराह्न पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पीडित बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई घरेलु कामदार राखेका थिए ।

बालिकाले सुरुमा इलाका प्रहरी कार्यालय, काँकडभिट्टास्थित महिला सेलका अधिकारीहरूलाई घटनाबारे सुनाएकी थिइन् । भारत जान लागेका बेला उद्धार गरिएकी उनले जबरजस्ती करणीबारे बताएपछि काँकडभिट्टा प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनिमा पठाइदिएको थियो । अनारमनिमा पनि उनले त्यही अनुसारको बयान दिएपछि उनलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार